चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर « Khabarhub

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा विशेष उत्सव अफर सार्वजनिक गरेको छ । 

चाडपर्वका बेला परिवार, आफन्त र साथीभाइसँग विभिन्न परिकार तयार गरी खुसी साट्ने परम्परालाई थप सहज बनाउन माइडियाले आधुनिक डिजाइन, बहुउपयोगी कुकिङ सुविधा र आकर्षक क्यासब्याकसहितका कुकिङ रेन्ज उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार माइडियाका फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जले कुकटप र ओभनको सुविधा एउटै उपकरणमा उपलब्ध गराउँछन् । चाडपर्वमा एकैपटक विभिन्न परिकार तयार गर्नुपर्ने व्यस्ततालाई ध्यानमा राख्दै डिजाइन गरिएका यी उत्पादनले खाना पकाउने समय र भान्साको काम व्यवस्थापनलाई सहज बनाउन सहयोग गर्छन् ।

नेपाली बजारमा माइडियाका एफएससी–६००बीएक्स र एफएससी–६०१६ईएस मोडल उपलब्ध छन् । एफएससी–६००बीएक्समा ६० लिटर क्षमताको ग्यास ओभन रहेको छ भने एफएससी–६०१६ईएसमा ६१ लिटर क्षमताको इलेक्ट्रिक ओभन उपलब्ध छ । उपभोक्ताले आफ्नो खाना पकाउने शैली, परिवारको आकार र आवश्यकताअनुसार उपयुक्त मोडल छनोट गर्न सक्नेछन् ।

एफएससी–६००बीएक्स र एफएससी–६०१६ईएस दुवै मोडलमा कुल ४ वटा ग्यास बर्नर उपलब्ध छन् । माइडियाका यी फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा २ वर्षको वारेन्टी उपलब्ध छ। यसले उपभोक्तालाई उत्पादन खरिद गर्दा थप विश्वास र दीर्घकालीन प्रयोगमा सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ। 

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  २ : ०० बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ