प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो « Khabarhub

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो संकेत देखाएको छ । प्रदर्शन हुन अझै केही दिन बाँकी रहँदा फिल्मले विश्वभर अग्रिम टिकट बिक्रीबाट २० करोड भारुभन्दा बढी आम्दानी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अक्टोबर २५ सम्मको अग्रिम बुकिङले यो आँकडा पार गरेको हो ।

नितेश तिवारीको निर्देशनमा बनेको फिल्म नोभेम्बर ५(कात्तिक १९), २०२६ मा विश्वव्यापी प्रदर्शनमा आउँदैछ। रणवीर कपुर, यश र साई पल्लवी मुख्य भूमिकामा रहेको फिल्मप्रति भारतदेखि उत्तर अमेरिकासम्म दर्शकको चासो देखिएको छ ।

भारतमा मात्रै अग्रिम टिकट बिक्रीबाट १० करोड भारुभन्दा बढी आम्दानी भएको बताइएको छ। पहिलो दिनका लागि दुई लाखभन्दा बढी टिकट बिक्री भइसकेका छन् ।

भाषागत संस्करणमध्ये हिन्दी फिल्मको अग्रिम बुकिङ सबैभन्दा बलियो छ। भारतको कुल अग्रिम टिकट बिक्रीमा हिन्दी संस्करणको हिस्सा करिब ८७ प्रतिशत रहेको जनाइएको छ । कन्नड संस्करणको बुकिङ एक करोड भारुभन्दा बढी पुग्दा तेलुगु संस्करणको अग्रिम बिक्री करिब ४० लाख भारु बराबर छ ।

उत्तर अमेरिकामा पनि फिल्मको अग्रिम बुकिङ उत्साहजनक देखिएको छ। विशेष प्रदर्शन र नियमित प्रदर्शनका लागि टिकट बिक्री बढिरहेको बताइएको छ ।

भारतीय महाकाव्य ‘रामायण’मा आधारित फिल्ममा रणवीर भगवान् राम, साई पल्लवी सीता र यश रावणको भूमिकामा छन् । रवि दुबे लक्ष्मण र सनी देओल हनुमानका रूपमा देखिनेछन् ।

ठूलो बजेटमा दुई भागमा निर्माण भइरहेको फिल्मको दोस्रो भाग सन् २०२७ को दीपावलीमा प्रदर्शन गर्ने तयारी छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  २ : २८ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका