झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ? « Khabarhub

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ९४ अंकले बढेर दुई हजार ६३० दशमलव ७६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  शून्य दशमलव ३० अंकले घटेर ४७५ दशमलव ४७ मा पुगेको छ । 

त्यस्तै फ्लोट सूचक शून्य दशमलव १० अंकले घटेर १८२ दशमलव ११ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव २६ अंकले घटेर १६० दशमलव ६९ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर रु पाँच अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मूल्यमा खरिद बिक्री भएको छ ।  

उपसमूह १३ मध्ये चार उपसमूह बढ्यो भने नौ उपसमूह घट्यो । आज १३५ कम्पनीको सेयर बढ्यो भने १३६ कम्पनीको सेयर घट्यो । त्यसैगरी आठ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज बेनी हाइड्रोपावर, माथिल्लो मैलुङ खोला हाइड्रोपावर, दोर्दीखोला जलविद्युत्लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी युनिलिभर नेपाल, एभरेष्ट बैंक डिबेञ्चर, नबिल बैंक डिबेञ्चरलगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ३ : ५७ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री