एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित « Khabarhub

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । लिगको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो ।

जितका लागि चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगर किंग्स १९ ओभर ३ बलमा १ सय ४९ रनमा समेटियो ।

विराटनगरका लागि ओपनर इमरान शेखले ३९ र आन्द्रे रसेलले ३३ रन बनाएपनि जित दिलाउन सकेनन् । विराटनगरका अर्का ओपनर लोकेश बमले २६ रन जोडे । विराटनगरका कप्तान सन्दीप लामिछाने, प्रतिश जिसी र रुपेश सिंह शून्यमा आउट भए ।

बलिङतर्फ चितवनका कमलसिंह ऐरी एक्लैले चार विकेट लिए । रिजन ढकालले दुई तथा रञ्जन कुमार, टन टेलर, डान मुस्ले र मौसम ढकालले समान एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १ सय ५७ रन जोडेको थियो ।

चितवनका लागि डाविड मलान एक्लैले ७० रन जोडे । ५० बलको सामना गरेका उनले ५ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, कप्तान रवि बोपाराले ३२ र डान मुस्लेले २९ रन बनाए । बलिङतर्फ एन्जेलो म्याथ्युज, चरिथ असलंका र आन्द्रे रसेलले समान एक विकेट लिए ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ४ : १८ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता