आज २०८३ साल मङ्सिर ४ गते शुक्रबार राशिफल « Khabarhub

आज २०८३ साल मङ्सिर ४ गते शुक्रबार राशिफल


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल मङ्सिर ४ गते शुक्रबार सन् २०२६ नोभेम्बर २० तारिख। कार्तिक शुक्ल पक्षको एकादशी तिथि। हरिबोधिनी एकादशी व्रत, तुलसी बिवाह र विश्व बाल दिवस ।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । व्यापार व्यवसायमा आम्दानी हुनेछ । स्वदेशमै रोजगारीको विकल्प देखिनेछ । पठनपाठनमा जोश र जाँगर बढ्नेछ। परिवारको साथ मिल्नेछ ।

वृष : दिन सामान्य छ । शत्रु बढ्नेछन् । शरीरमा थकान बढ्नेछ । कुरा काट्ने सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ । आम्दानीका स्रोत बढ्ने योग छ । स्वास्थ्यमा भने विशेष ध्यान दिनुपर्ने समय छ ।

मिथुन : दिन राम्रो छ । आम्दानी हुनेछ । पारिवारिक मेलमिलापको योग रहेको छ । अग्रज र बौद्धिक व्यक्तिको सल्लाह लिएर गरेको काम भने सफल बन्नेछ ।

कर्कट : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । आफ्नो काममा गोपनीयता कायम राख्नु उचित हुनेछ । विदेशमा गरेको लगानीबाट नाफा हुनेछ । शिक्षामा थप मिहिनेत गर्नु उचित हुन्छ ।

सिंह : दिन सामान्य छ । बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने हुन्छ । स्वास्थ्यमा समस्या आउनेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

कन्या : दिन राम्रो छ । काम गर्दा बोली र व्यवहारमा एकरुपता ल्याउनु जरुरी छ । तपाईंको काममा सहयोगी बढ्नेछन् । समाजसेवाको अवसर मिल्नेछ । आफ्नो काममा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । स्वास्थ्यको भने ख्याल गर्नुपर्ने  दिन छ ।

तुला : दिन राम्रो छ । तपाईंको प्रतिभा प्रदर्शन गर्ने दिन छ । साथीको साथ मिल्नेछ । शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । परिवारभित्र मेलमिलाप हुने योग छ ।

वृश्चिक : दिन राम्रो छ । मन प्रशन्न रहनेछ । अधुरा काम बन्नेछन् । तपाईंका योजनामा परिवारको साथ सहयोग प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्यक यात्रामा नजानु राम्रो हुन्छ । धर्मकर्ममा मन जानेछ । विज्ञको सल्लाहमा गरेको कामबाट फाइदा हुनेछ ।

मकर : दिन राम्रो छ । पुरानो साथीसँगको भेटले नयाँ योजना बन्नेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथमा रमाइलो घुमघामको अवसर मिल्नेछ ।

कुम्भ : दिन राम्रो छ । तपाईंको कामको प्रशंसा हुनेछ । आफन्तबाट माया पाइनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या पर्नसक्ने जोखिम छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : दिन राम्रो छ । बन्धुसँगको सहकार्यले फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ । परिवारभित्र मेलमिलाप हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ६ : १४ बजे

दोहामा नेपालको आज कठिन परीक्षा, पहिलो खेलमा भारतसँग भिड्दै

काठमाडौँ – कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ

आज २०८३ साल मङ्सिर ४ गते शुक्रबार राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर ४ गते शुक्रबार सन् २०२६

राप्ती नदी सफाइ

नारायणगढ – राप्ती नदीको उद्गमस्थलदेखि अन्तिम बिन्दुसम्म एकै दिन एकैसाथ

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

जेनेभा – कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र नियन्त्रण सीमित

आगलागीबाट पोखराकाे बालआश्रममा एक करोड बढीको क्षति

गण्डकी – कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार