कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू) « Khabarhub

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु भएको छ । 

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म चल्छ ।  

चोक्टे नारायण जात्राका नामले समेत चिनिने यस पर्वमा ब्रह्मा, विष्णु र महेश्वरका प्रतीक रहेका तीनवटा खट निकालेर विभिन्न टोल परिक्रमा गराइन्छ ।
 
यस जात्राको मुख्य विशेषता नै खटको अनौठो बनावट र परिक्रमा गर्ने शैली हो । 

अन्य जात्रामा देवताको मूर्ति माथि र गजुर तल हुने चलन भएपनि हाँडीगाउँको जात्रामा गजुर तल र देवताको मूर्ति माथि राखिन्छ । 

बाँस तथा काठको सहायताले बनाइएका खटलाई विशेष विधिबाट घुमाउँदै परिक्रमा गराइने भएकाले यो जात्रा अरूभन्दा फरक देखिन्छ ।

माथिल्लो ठटाल टोलबाट ब्रह्माको, बीचको न्याल्म टोलबाट विष्णु (नारायण)को र तल्लो कोटालटोलबाट महेश्वरको खट निकाल्ने परम्परा छ । 

तीनवटै खटको दर्शन तथा पूजाआराधना गर्न स्थानीय बासिन्दासहित भक्तजनको सहभागिता रहने गरेको छ ।

यस जात्रामा खट सजाउन मैनबाट बनाइएका फूल प्रयोग गरिनु अर्को विशेषता हो । खट घुमाउने क्रममा झर्ने फूल टिप्नसमेत मानिसहरू उत्साहित हुन्छन् ।

प्रचलित किंवदन्तीअनुसार एउटी महिला गर्भवती भए पनि १२ वर्षसम्म सुत्केरी हुन नसकेपछि नारायणको आराधना गर्न पुगेकी थिइन् । 

नारायणलाई प्रसन्न पार्न अन्यत्र नभएको जात्रा देखाउने वाचा गरेपछि उनको मनोकामना पूरा भएको र त्यसैको सम्झनामा जात्रा सुरु भएको विश्वास गरिन्छ ।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ५ : ११ बजे

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल