जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट « Khabarhub

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् ।

खेलमा कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा जनकपुरले चौथो विकेट गुमाएको छ। खेलको ९ ओभर २ बलमा मोइन अली आउट भए ।

हुसेन तलातको बलमा आरिफुल इस्लामबाट क्याच आउट हुनुअघि उनले २२ बलमा १९ रन बनाए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन तयार पार्‍यो ।

कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । २९ बलको समना गरेका उनले चार छक्का प्रहार गरे ।

त्यस्तै, पवन सर्राफले ३७ बलमा ३७ रन बनाए । उनले तीन छक्का प्रहार गरे ।

जनकपुरका हर्मित सिंहले ३, राहुल यादव र मोइन अलीले समान दुई विकेट लिए भने ललित राजवंशीले एक विकेट लिए ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ७ : ५२ बजे

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली