दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव « Khabarhub

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ । दसैँ बिदाका कारण यस बीचमा विभिन्न सङ्घसंस्थाका रक्तादनका कार्यक्रम नभएका कारण रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी हेटौँडा, रक्त सञ्चार केन्द्रका प्रमुख टङ्क दाहालले जानकारी दिए ।

रगत अभाव भएसँगै केन्द्रका तर्फबाट सङ्घ संस्थासँग रक्तदानका लागि आह्वानसमेत गरिएको छ । संस्थाको आह्वानसँगै आज चुरियामाईमा गरिएको रक्तदानमा २१ युनिट रगत सङ्कलन भएको उनले जानकारी दिए ।

रगत अभावलाई दृष्टिगत गर्दै हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले रेडक्रस हेटौँडा शाखासँगको समन्वयमा यही कात्तिक १२ गते बिहीबार बिहान ७ बजे हेटौँडा मेनरोडस्थित बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको सोसाइटीका अध्यक्ष राजु थापामगरले जानकारी दिए ।

रगत अभावको समस्यालाई केही हदसम्म कम गर्न सकिन्छ भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै उनले रक्तदानका लागि सबैमा अनुरोध गरे । रक्त सञ्चार केन्द्र प्रमुख दाहालका अनुसार हेटौँडामा दैनिक १० देखि १५ युनिट रगत आवश्यक हुने गरेको छ । हेटौँडामा ५५ जना नियमित डाइलोसिस गर्नुपर्ने बिरामी रहेका कारण उक्त युनिट रगत अपरिहार्य हुने गरेको उनले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ८ : २४ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स