कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू) « Khabarhub

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ। कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो।

कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमा अलआउट भयो। जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन जोड्दा जिमी निशमले १५ तथा मायन यादवले १४ रन बनाए ।

अनिलकुमार शाहले ११ रन जोड्दा कुशल परेरा ६ रनमा आउट भए। तृतराज दासले एक रन बनाए। आदित्य मेहता रन नजोडी आउट हुँदा ललित राजवंशीले एक रन बनाए। राहुल यादव एक रनमा अविजित रहे।

कर्णालीको जितमा युनिस ठकुरी र हुसेन तलतले समान तीन विकेट लिए। युनिसले चार ओभरमा एक मेडन राख्दै तीन विकेट लिएका थिए। उनले एकै ओभरमा जनकपुरका कप्तान हर्मीत सिंह र जिमी निशमलाई आउट गरेपछि खेल कर्णालीको पक्षमा मोडिएको थियो। नन्दन यादवले दुई तथा कप्तान सोमपाल कामीले एक विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो।

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। पवन सर्राफले ३७ रनको योगदान दिए। यी दुईले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्दै कर्णालीको इनिङ्स उकासेका थिए।

दीपक डुम्रेले १३ तथा गुल्सन झाले १२ रन बनाए। नन्दन यादवले नौ रन जोड्दा कप्तान सोमपाल कामी र अक्बर अलीले समान एक रन बनाए। युवराज खत्री र युनिस ठकुरी अविजित रहे।

जनकपुरका कप्तान हर्मीत सिंहले तीन विकेट लिए। मोइन अली र राहुल यादवले समान दुई तथा ललित राजवंशीले एक विकेट हात पारे।

यस जितसँगै कर्णालीले प्रतियोगितामा दुई अंक जोड्दै सुखद सुरुवात गरेको छ। एनपीएलअन्तर्गत मंगलबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ९ : ०८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली