वैकल्पिक आवासबिना सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट नहटाउन महामन्त्री राणाको माग « Khabarhub

वैकल्पिक आवासबिना सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट नहटाउन महामन्त्री राणाको माग


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नेपाली कांग्रेसका महामन्त्री उदयशम्शेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राणाले घरबार गुमाएर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई उचित व्यवस्थापनबिना हटाउने निर्णयप्रति गम्भीर आपत्ति जनाएका हुन्।

‘घरबार गुमाएर त्यहाँ आश्रय लिइरहेका परिवार अब कहाँ जाने ? यसको जवाफ दिने र उनीहरूको सुरक्षित बसोबासको व्यवस्था गर्ने जिम्मेवारी सरकारकै हो,’ उनले लेखेका छन्।

राणाले प्रभावित परिवारसँग संवाद गरी सुरक्षित र सम्मानजनक पुनर्वासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्। पुनर्वासको सुनिश्चितता नभएसम्म उनीहरूलाई होल्डिङ सेन्टरमै बस्न दिनुपर्ने उनको भनाइ छ।

वैकल्पिक आवासको व्यवस्था नगरी आश्रयस्थलबाट हटाउँदा सुकुम्बासी परिवार थप समस्यामा पर्ने भन्दै उनले सरकारलाई निर्णय तत्काल पुनर्विचार गर्न माग गरेका हुन्।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  १० : ४२ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको

वैकल्पिक आवासबिना सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट नहटाउन महामन्त्री राणाको माग

काठमाडौँ –  नेपाली कांग्रेसका महामन्त्री उदयशम्शेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी

भोटेकोशी बाढी : पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

रसुवा– सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा

ग्लोबल आइएमई बैंक भिसाका दुई विधामा सम्मानित

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड भिसा इन्टरनेशनलका दुई विधामा सम्मानित भएको

चट्टोग्राममा नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास

काठमाडौँ- नेपाल र बङ्गलादेशबीच व्यापार, ऊर्जा, हवाई सम्पर्क तथा पर्यटन