मोटरसाइकल दुर्घटनामा एकको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार आज साँझ करिब ५ः०० बजे जनकपुरबाट औरहीतर्फ जाँदै गरेको ज६प ७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक औरही गाउँपालिका–३ निवासी वासुदेव महराका ३५ वर्षीय छोरा लालबाबु महरा गम्भीर घाइते भएका छन् ।

घटनालगत्तै प्रहरी टोलीले उनीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएकामा अस्पताल पुर्‍याएपछि चिकित्सकले साँझ ५ः३४ मिनेटमा मृत घोषणा गरेको नायब उपरीक्षक खनालले जानकारी दिए ।

मृतकको शव प्रादेशिक अस्पतालमै राखिएको छ भने दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय औरहीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ८ : २६ बजे

रास्वपाको क्यान्डिडेट क्लब समितिमा ६ सदस्य मनोनीत

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्यान्डिडेट क्लब समितिमा ६

दसौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मी क्लब विजयी

कर्णाली – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

जनकपुर – धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक

इनमको जीवन रक्षा र निष्पक्ष छानबिनको माग गर्दै मानव अधिकार आयोगमा निवेदन

काठमाडौँ- आफू र आफ्नो परिवारको जीवन रक्षा तथा निष्पक्ष छानबिनको