कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने ! « Khabarhub

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश थापाले के मात्र गरेननन् होला ?

भोक, निद्रा, पसिना, मिहिनेतको र संघर्ष सबै जितेर त दुर्गेश यो स्थानमा छन् । उनको संघर्षको पाटोलाई पनि नजरअन्दाज गर्न मिल्दैन र हुँदैन । नत्र अन्याय हुनसक्छ ।

संघर्षले नै उनी शहरमा घर–गाडीसहितले आम जीवनशैली भन्दामाथि उठेका छन् ।

नाममै उनको विगत र पृष्ठभूमि झल्कन्छ । बागलुङको दुर्गाबहादुर, कला क्षेत्रको दुर्गेश ।

उनी त्यो पृष्ठभूमिबाट आए, जहाँको चेतनाले राखिएको नामले मोडल तथा कलाकारका लागि ड्यासिङ नहुने उनी आफैँलाई लाग्यो । र, त नाम फेरे । उनी आफैँ भन्छन्, ‘बाग्लुङको दुर्गे यहाँको दुर्गेश ।’

मोडलिङमा आउनुअघि उनी दोहोरीमा नाच्ने गर्थे । त्यस दौरान आर्थिक संकट पर्दा कयौं रात चाउचाउको भरमा सुतेको उनी भावुक हुँदा सेयर गर्छन् ।

यस्तै संघर्षका दौरान खानपान, निद्रा र चिन्ताले होला दुर्गेशकको कपाल झरेको । त्यही पनि उनी नक्किली कपाल हालेर काम चलाइरहेका छन् । थाहा नपाउने कति उनको कपालको समेत फ्यान होलान् !

०६५ सालदेखि रङ्ग क्षेत्रमा दुर्गेश निरन्तर छन् । यो बीचमा उनका कति सिनियर, सहकर्मी र जुनिअर कलाकारिताको आडमा विदेश भासिए । सूची तयार पार्ने हो भने लामै बन्छ ।

तस्बिर : दुर्गेश थापाको फेसबुक प्रोफाइल

यस्ता अवसर दुर्गेशका लागि पनि थिए होला । चाहे विदेश भासिन नसक्ने प्रोफाइल उनको होइन । तर, उनले कलाकारभन्दा अन्य पेसा रोजेनन् । दर्शकप्रति लोयल देखिए । आफूलाई कलाकारको परिचय दिनेलाई आफ्ने बुताले भ्याएसम्म कला नै पस्किरहेका छन् ।

कलाकारिताको डेढ दशकपछि बल्ल उनको ‘प्राइम टाइम’ आयो । गीत ‘दुस्मन हेरेको हेर्‍यै’ ल्याएर उनले आफ्ना दुश्मनलाई हेरेको हेर्‍यै बनाए ।

यो गीत भाइरल भएपछि उनको कमब्याक भयो । नायक पल शाहको यौन काण्डमा मुछिएपछि उनी गुमनाम थिए । यही गीतले उनलाई पुनर्जीवित बनायो ।

कन्सर्ट हान्न हेलिकोप्टरकबाट सवार । महँगो पारिश्रमिक । गत वर्ष सार्वजनिक यो गीतले दुर्गेशलाई इन्डस्ट्रीकै व्यस्त बनायो । अहिले पनि महोत्सव र विदेशका कार्यक्रममा उनी जस्तो व्यस्त को होला र ? अर्थात्, सतही रुपमै हेर्दा नै दुर्गाबहादुरको प्राइम दुर्गेश यात्रा रोचक नै छ ।

भाइरल दुर्गेश

भाइरल र हिट एकै भाव बोकेका शब्द जस्तो लागे पनि कलामा यिनको अर्थ निकै फरक छ ।

हिट गीत/गायक र भाइरल गीत/गायक फरक हुन् । प्रख्यात र चर्चित जस्तै । आदर्श व्यक्ति प्रख्यात हुन्छन् । नामुद फटाह पनि चर्चित हुन सक्छ । आदर्श व्यक्तिलाई भन्दा नामुद फटाहलाई बढी मान्छेले चिन्न वा पढ्न सक्छन् ।

कला क्षेत्रकै व्यक्ति भन्छन्, ‘राम्रो गीत हिट हुन्छ । भाइरल हुन राम्रो गीत चाहिँदैन ।’

हिट नदी हो, सदबाहर बगिरहन्छ । भाइरल खहरे खोला हो, आजको भोलि स्याप्पै । अर्थात्, हिटको आयु लामो हुन्छ । भाइरल क्षणिक हो ।

हुन पनि बजारका त्यत्रो भाइरल व्यक्ति र सामग्री कता पुगे होलान् ?

हिट गीत दिनेलाई भन्दा भाइरल गीत दिनेलाई धेरै दर्शकले चिन्ने सक्छन् । भाइलरको माग बजारमा बढी हुनसक्छ । गायन साधानाका हिसाबमा दुर्गेश कमजोर हुन् । उनलाई ‘बेसुरा गायक’ भन्नेहरु कति छन् कति ।

दुर्गेशलाई यसबारे प्रश्न गर्दा भन्दै आएका छन्, ‘म प्रर्फमर हो । गायक होइन नि । मैले मलाई गायक भन्नु भनेर कसलाई भनेको छु र ?’

उनका गीतका सबल पक्ष पनि छन् । शब्द शब्दमा स्वाग छ । एटिट्युड छ । पारा छ । उनको ‘बेसुरा’ आवजलाई यसले छायामा राख्छ । अनि गीत बन्छ– भाइरल ।

ती शब्दले कन्सर्टमा दर्शक उफार्छ । नृत्य क्षमता भएका दुर्गेशले प्रर्फमर राम्रै हुन् । उनले स्टेजमा उक्लिएपछि ग्राउन्डमा ‘आगो’ बल्छ ।

तस्बिर : दुर्गेश थापाको फेसबुक प्रोफाइल

दुर्गेश यतिसम्म छन् भाइरल कि फिल्म प्रचार गर्न उनको प्रयोग गरिन्छ । त्यसबेला दुर्गेश आफैँ बिर्सन्छन्– आफू पर्फमर भएको । स्वर जस्तो होस् दुर्गेश गाइदिन्छन् । भिडियोमा चाहिँ उनी आफू देखिएकै हुन्छन् ।

दुर्गेशले करिब एक सय गीत र यसको दोब्बरभन्दा बढी म्युजिक मिडियोमा मोडलिङ गरेका छन् ।

अब यत्रो गीत गाएका दुर्गेशलाई कसरी गायक नभन्नु ? भनौं भने स्वर !

कपी गर्ने बानी पुरानै

‘डाइलग’ कपी गर्नु सामान्य विषय होइन । सम्बन्धित पक्षले कानुनी उपचार खोज्यो भने उम्कन सहज छैन । करोडौं जरिवाना र कैदको समेत भागेदार बन्नुपर्छ ।

प्रतिलिपी अधिकारको संरक्षण कलाकारले नै नगरे कसले गर्ने ? यो कानूनी मात्रै नभएर नैतिक रुपमा पनि विचार गर्नुपर्ने विषय हो ।

तर, डाइलग, हुक स्टेप र हुलिया कपी गर्न दुर्गेश माहिर छन् ।

अरु बेलाको त कुरै छाड्दा भो, यत्रो भाइरल बनेर भ्याइनभ्याइ कन्सर्ट गर्दा पनि उनी कपी गर्ने आदतबाट उम्कन सकेका छैनन् !

दुर्गेशले बलिउड हिरो सलमान खानदेखि दक्षिण भारतीय हिरो अल्लु अर्जुनसम्मको कपी गर्न भ्याएका छन् ।

कपी गर्न माहिर दुगेश अलिकति पनि लाज मान्दैनन् । यसको उनकै पछिल्ला गीतले पुष्टि गर्छ ।

सलमानको कपी त दुर्गेशले दशकअघि नै गरेका थिए । कहाँ ? भन्ने कुराको चर्चा गर्नुअघि थोरै पृष्ठभूमि जानौं ।

दुर्गेश फ्लप हिरो पनि हुन् । उनले सन् २०१६ मा प्रदर्शनमा आएको फिल्म ‘मखमली’मा शीर्ष नायक बनेर अभिनय गरेका थिए । फिल्म फ्लप भयो । दुर्गेश त्यसयता फिल्ममा शीर्ष कलाकारको भूमिकामा देखिएका छैनन् ।

त्यो फिल्ममा एक गीत समावेश छ, ‘यो यो यो दुर्गेश थापा हो’ ।

त्यस गीतको भिडियोमा दुर्गेशले सलमान खानको हुक स्टेप कपी गरेका छन् । ‘किक’ फिल्मको गीतमा सलमानले नायिका ज्याकलिज फर्नान्डिजको लङ कोट टोकेर तिग्राको माथिल्लो भाग स्क्रिनमा देखाउछन् ।

दुर्गेशले ‘मखमली’मा उक्त त्यही स्टेप कपी गरेका छन् । रोचक कुरा- उक्त गीतको थमनेलमै त्यो दृश्य राखिएको छ । कपी गरेको कुरालाई नै हाइलाइट गरेर देखाइएको छ ।

फेरि यस्तो कपी गरेको गीतको हुकलाइन छ, ‘यो यो यो दुर्गेश थापा हो, मान्छे बिन्दास पाराको’ । गीत, संगीत र शब्द दुर्गेशकै हो ।

दुर्गेशले भिडियोमा सलमानको जस्तो ‘सिक्स एब्स’ देखाउन पनि खोजेका छन् । तर, भीएफएक्सको सहयोगमा । केही मिम पेजले यो दृश्यको मजाक पनि उडाएको भेटिन्छ ।

दुर्गेशले यो गीतमा आफ्नो ‘पारा’ शो गरेका छन् । हुक स्टेप नै कपी गरेको गीतमा यो वाला एटिट्युट दिन दुर्गेशले नै सक्छन् । अरुले आँट गर्लान् र ? लाज नमान्लान् र ?

भाइरल गायकको यस्तो कुरामा दर्शकलाई खासै मतलब पनि नहुँदो हो कि ? कपी गरेकोबारे प्रतिक्रिया नै दिँदैनन् ।

अब चर्चा गरौं दुर्गेशलाई प्राइममा ल्याउने गीत ‘दुश्मन हरेको हेर्‍यै’ पछिको ।

यो गीत हिट भएको रापतापमै उनले अर्को गीत ल्याए ‘जन्ती’ । यस फिल्ममा दुर्गेशले फिल्म ‘पुष्पा’मा अल्लु अर्जुनको चरित्र ‘पुष्षा’को कपी गरेका छन् । भिडियोको थिम पनि ‘पुष्पा’ फिल्मसँग मिल्छ ।

भिडियोमा प्रयोग भएको डान्स स्टेप पनि ‘पुष्पा’ फिल्मको गीतबाट कपी भएको पाइन्छ ।

अल्लु अर्जुनको कपी गर्न दुर्गेश यतिमै रोकिएका छैनन् । उनले अर्को गीत ल्याए ‘जाने भए जाम माया’ । त्यसमा झन् दुर्गेश कार्बन कपी देखिए । यस गीतमा एक डाइलग छ, ‘दुर्गेश नाम होइन ब्रान्ड हो ।’

पुष्पा फिल्ममा अल्लु अर्जुनको एक डाइलग छ, ‘पुष्षा नाम खुद मेँ एक ब्रान्ड है ।’ अर्थात्, पुष्पा नाम आफैँमा एक ब्रान्ड हो । दुर्गेशले यही कपी गरेर ‘दुर्गेश नाम होइन ब्रान्ड’ बनाए, आफ्नो गीतमा राखे । उक्त गीतमा सिसन बानियाँ र गुराँस नानी फिचर्ड छन् ।

यतिमै रोकिएनन् दुर्गेश । उनले भर्खरै गीत ‘नाच नाच भाइ नाच’ ल्याएका छन् । त्यसमा पनि उनले ‘दुर्गेश नाम होइन ब्रान्ड’ हो भन्ने कपी डाइलग राखेका छन् । डाइलग ‘पुष्पा’को नक्कल । प्रस्तुति शैली ‘पुष्पा’को सिक्वेल ‘पुष्पा २’ को ।

‘पुष्पा २’मा अल्लु अर्जुनका लागि क्राउड कलाकारले डाइलग भन्छन्, ‘पुष्पा नाम सुनकर फ्लावर समझे क्या ? फ्लावर नहीँ, अब मैँ वाइल्ड फायर हुँ ।’

दुर्गेशले सोही प्रस्तुति नक्कल गरेका छन् । उनी आफ्नो आवाजमा भन्छन्, ‘दुर्गेश नाम होइन ।’ अनि क्राउडबाट यही डाइलग पूरा हुन्छ, ‘ब्रान्ड हो ।’

यति दिमाख लगाएर दुर्गेशले अल्लु अर्जुनको डाइलग कपी गरेका छन् । यति समय नयाँ डाइलग लेख्न लगाएको भए ? वा पारिश्रमिक दिएर लेख्न लगाएकै भए भइहाल्थ्यो नि, हैन र ?

यी केही चर्चित कपीको विषयमा मात्रै चर्चा गरिएको हो । उनले भारतबाट पैठारी गरी ल्याएका स–साना स्टेपहरु त कति छन् कति ।

फेरि दुर्गेश भाग्यमानी नै हुन् । कपी गरेर पनि भाइरल छन् । डिमान्ड उनको नै छ । मेला महोत्सव उनी नभए सफल हुँदैन भन्ने भाष्य नै बनेको छ ।

तर, प्रतिलिपी अधिकार हनन गर्नु अपराध हो । जो कोही यसको भागेदार बन्न सक्छ । हेर्‍येको हेर्‍यै परेका दुश्मनले एक इमेल दक्षिण भारत पठाइदिए भने दुर्गेशका नराम्रा दिन नचल्ला भन्न सकिन्न । यो रापताप क्षणिक बन्न सक्छ ।

अन्त्यमा– प्रतिलिपी अधिकार हनन गर्नु अपराध हो ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ८ : ४० बजे

पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित : सीबीफीन

काठमाडौं– पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित भएको

भारत र यूएईबीच एलपीजी ग्यास आपूर्ति सम्झौता, मोदीलाई एफ-१६ फाइटर जेटले दिए सुरक्षा

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएई भ्रमणका क्रममा शुक्रबार

‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा आएसँगै हलमा ६ नेपाली फिल्म

काठमाडौं – नायिका आँचल शर्मा स्टारर फिल्म ‘एक मुठ्ठी बादल’

चितवनमा डेंगु र स्क्रब टाइफसका संक्रमित बढे

चितवन– चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण बढ्दो क्रममा देखिएको

राष्ट्रपति भन्छन् : देशको आर्थिक अनुशासन खस्किएको महसुस भएको छ

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम