साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड « Khabarhub

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

नेकपामा समायोजन हुँदै चुरेभावर पार्टी


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनाएका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझै पार्टी समायोजनमा व्यस्त छन् ।

मंगलबार मात्र प्रचण्डले पेरिसडाँडामा पार्टी समायोजनका लागि मात्र तीन कार्यक्रम राखेका छन् । प्रचण्डको निजी सचिवालयका अनुसार दिउँसो १ बजेदेखि दुई बजेसम्म प्रचण्डले विभिन्न समूह र पार्टीलाई नेकपामा समायोजन गर्दैछन् ।

नेत्रविक्रम चन्द ‘⁠विप्लव’ नेतृत्वको पार्टीबाट विद्रोह गरी केन्द्रीय सदस्यसहितका नेतालाई दिउँसो १ बजे पार्टी प्रवेश गराउने कार्यक्रम पेरिसडाँडामा हुँदैछ ।

दिउँसो १ः३० बजे प्रचण्डले मोहन वैद्य ‘किरण नेतृत्वबाट विद्रोह गरेको एक समूहलाई नेकपामा समायोजन गर्नेछन् भने दिउँसो २ बजे चुरे भावर पार्टी नेकपामा समायोजन हुने कार्यक्रम रहेको छ ।

तीन वटै कार्यक्रम नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा हुँदैछन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ९ : ५३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली