ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न « Khabarhub

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक भए लगत्तै कांग्रेस नेता रामहरि खतिवडाले राज्यको सुरक्षामाथि प्रश्न उठाएका छन् ।

जिल्लाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको हत्या भएको भन्दै उनले राज्य सुरक्षाको हिसाबले कमजोर देखिएको बताएका हुन् ।

भदौरेको बोहोरेमा बसोबास गर्दै आएका ८० वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्या भएको घटना सार्वजनिक भएपछि खतिवडाले राज्यको सुरक्षामा प्रश्न उठाएका हुन् । वृद्ध दम्पतीले सञ्चालन गरेको किराना पसलमा लुटपाटपछि हत्या भएको खुलेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार घटनापछि सुरक्षाकर्मी घटनास्थलतर्फ गइरहेको बताएका छन् ।
ओखलढुंगामै एक महिना अगाडि एक दम्पतीको हत्या भएको थियो । चिशंखुगढी भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र पत्नी रत्नमाया थापामगरको हत्या भएको एक महिनापछि जिल्लामा अर्को दम्पतीको हत्या भएको भन्दै नेता खतिवडाले आपत्ति जनाएका हुन् ।

नेता खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘ओखलढुङ्गामा एक पछि अर्को शृङ्खलाबद्ध रुपमा घटना घट्नु भनेको राज्य सुरक्षाको हिसाबले कमजोर बन्दै गएको हो ,भन्ने आभास भएको छ। फेरि पनि चिशंखुगढ़ी ६ भदौरे बोहोरे निवासी चन्द्र बिक्रम राई दम्पतिको गएराति लुटपाट पछी हत्या भएको खबर छ ।घटनाको गहिरो अनुसंधान गरि दोषी उपर कड़ा कार्वाहीको माग गर्दछु।’

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  १० : ४० बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले