कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू) « Khabarhub

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।  

कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्ष दिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरूले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । 

भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई वर्ष म्याद थप गर्न माग गरेका छन् । भाषा उत्तीर्ण गरेर रोस्टरमा रहेकी झापाकी अनिषा बस्नेतले रोस्टर सकिन लागेकाले म्याद थप गर्नुपर्ने माग रहेको बताइन् ।

प्रदर्शनमा सहभागीहरूले ईपीएसकफ लुट धन्दा बन्द गर, कृषि तथा पानीजहाजको रोष्टर अवधि थप गर, पासरलाई छिटो भन्दा छिटो कोरिया लगियोस्, २ वर्ष म्याद थप गरियोस् लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  १ : ०३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा