चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म « Khabarhub

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति तोकिएका फिल्मका मेकरहरु समस्यामा परेका छन् ।

चुनावी माहोलमा फिल्मको प्रचार हराउन सक्ने जोखिमका कारण उनीहरु निर्वाचन वरपर फिल्म प्रदर्शनमा ल्याउन निकै सोच विचार गरिरहेका छन् ।

एक फिल्मको प्रदर्शन अनिश्चितकाललाई रोकिएको छ । नायकहरु सौगाल मल्ल, अपर्ण थापा, नायिकाहरु बेनिशा हमाल र वर्षा सिवाकोटी शीर्ष भूमिकामा रहेको फिल्म ‘कल्ली’को प्रदर्शन स्थागित भएको हो ।

फागुन १ गते प्रदर्शन मिति तोकिएको यस फिल्म चुनावपछि नयाँ सरकार बनेर स्थिति सामान्य भएपछि मात्रै हलमा लाग्ने निर्माण कम्पनी लेकाली इन्टरटेन्मेटले विज्ञप्तिमार्फत् दर्शकलाई जानकारी दिएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘मुलुकमा नयाँ सरकारको गठन र निर्वाचनपछिको सहज वातावरण बने लगत्तै हामी ‘कल्ली’को नयाँ प्रदर्शन मिति घोषणा गर्छौं ।’

अर्थात् यो फिल्मको प्रदर्शन मिति अनिश्चितकालका रोकिएको हो ।

‘कल्ली’सहित ५ फिल्मले फागुन १ लाई प्रदर्शन मिति तोकेका थिए । अन्य चार फिल्म भने मौन नै छन् ।

फिल्महरु ‘श्री बुकुरो’, ‘लालीबजार’, ‘बिगुल’ र ‘शिवांश’ले फागुन १ लाई नै प्रदर्शन मिति तोकेका छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  १ : १९ बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत