खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’ « Khabarhub

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनुवारले आफू शुद्ध शाकाहारी भएको स्पष्ट पारेका छन् । केही दिनयता सामाजिक सञ्जाल र मिडियामा ‘मटन खान पाइन्छ भने गाई खान पनि पाउनुपर्छ’ भन्ने अभिव्यक्तिसहितको भिडियो क्लिप भाइरल भएपछि उनले आपत्ति जनाएका हुन् ।

सुनुवारका अनुसार उक्त भिडियो पुरानो एक पोडकास्टको अंश हो, जसलाई चुनाव नजिकिँदै गर्दा काटछाँट गरी भ्रामक रूपमा प्रसारण गरिएको हो । यसले आफूलाई बदनाम गर्ने उद्देश्य राखिएको उनको भनाइ छ ।

उनले फेसबुक लाइभमार्फत सबैको धर्म, आस्था र सामाजिक सद्भावको सम्मान गर्ने व्यक्ति आफू भएको बताउँदै गलत प्रचार नगर्न आग्रह गरेका छन् । राष्ट्रिय जनावर गाई खानुपर्छ भन्ने भावको अडियो जोडेर फोटो तथा भिडियो सार्वजनिक गरिएकोप्रति पनि उनले गम्भीर आपत्ति जनाएका छन् ।

सुनुवारले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म शुद्ध शाकाहारी हुँ । कुनै पनि पशुपंक्षी हत्याको पक्षमा छैन । सबैको धार्मिक आस्था र सामाजिक सद्भावको सम्मान गर्दछु । पछिल्लो समय प्रविधिको दुरुपयोग गरी मेरो फोटो र भिडियोमा गाई खानुपर्छ भन्ने भावको अडियो जोडेर बदनाम गराउने विपक्षीको क्रियाकलापप्रति हामी सचेत छौं ।’

उनले थप लेखेका छन्, ‘भाइ मारेकाले गाईको मुद्दा उठाएर भाइको मुद्दा दबाउन खोज्दैमा हामी भाग्दैनौं । साकाहारी जोगीलाई मासुको आरोप सुहाउँदैन । भिडियो सत्य होइन । म राष्ट्र र राष्ट्रियताप्रति सदैव प्रतिबद्ध छु ।’

सुनुवारले चुनावी प्रतिस्पर्धाका क्रममा तथ्यहीन र भ्रामक सामग्री फैलाएर चरित्र हत्या गर्ने प्रयासप्रति सजग रहन सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  १ : १२ बजे

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)