खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’ « Khabarhub

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनारले आफू शुद्ध शाकाहारी भएको स्पष्ट पारेका छन् । केही दिनयता सामाजिक सञ्जाल र मिडियामा ‘मटन खान पाइन्छ भने गाई खान पनि पाउनुपर्छ’ भन्ने अभिव्यक्तिसहितको भिडियो क्लिप भाइरल भएपछि उनले आपत्ति जनाएका हुन् ।

सुनारका अनुसार उक्त भिडियो पुरानो एक पोडकास्टको अंश हो, जसलाई चुनाव नजिकिँदै गर्दा काटछाँट गरी भ्रामक रूपमा प्रसारण गरिएको हो । यसले आफूलाई बदनाम गर्ने उद्देश्य राखिएको उनको भनाइ छ ।

उनले फेसबुक लाइभमार्फत सबैको धर्म, आस्था र सामाजिक सद्भावको सम्मान गर्ने व्यक्ति आफू भएको बताउँदै गलत प्रचार नगर्न आग्रह गरेका छन् । राष्ट्रिय जनावर गाई खानुपर्छ भन्ने भावको अडियो जोडेर फोटो तथा भिडियो सार्वजनिक गरिएकोप्रति पनि उनले गम्भीर आपत्ति जनाएका छन् ।

सुनारले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म शुद्ध शाकाहारी हुँ । कुनै पनि पशुपंक्षी हत्याको पक्षमा छैन । सबैको धार्मिक आस्था र सामाजिक सद्भावको सम्मान गर्दछु । पछिल्लो समय प्रविधिको दुरुपयोग गरी मेरो फोटो र भिडियोमा गाई खानुपर्छ भन्ने भावको अडियो जोडेर बदनाम गराउने विपक्षीको क्रियाकलापप्रति हामी सचेत छौं ।’

उनले थप लेखेका छन्, ‘भाइ मारेकाले गाईको मुद्दा उठाएर भाइको मुद्दा दबाउन खोज्दैमा हामी भाग्दैनौं । साकाहारी जोगीलाई मासुको आरोप सुहाउँदैन । भिडियो सत्य होइन । म राष्ट्र र राष्ट्रियताप्रति सदैव प्रतिबद्ध छु ।’

सुनुवारले चुनावी प्रतिस्पर्धाका क्रममा तथ्यहीन र भ्रामक सामग्री फैलाएर चरित्र हत्या गर्ने प्रयासप्रति सजग रहन सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  १ : १२ बजे

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको