बिरामीका ओछ्यानमै भत्ता लिएर पुगे वडा अध्यक्ष अधिकारी   « Khabarhub

बिरामीका ओछ्यानमै भत्ता लिएर पुगे वडा अध्यक्ष अधिकारी  


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-३ मिर्गेका ८९ वर्षीया ललितबहादुर राउत हिजोआज सिकिस्त बिरामी छन् । पछिल्लो एक महिना देखि उनी ओछ्यानमै थला परेर बसेका छन् । केहिदिन अघि अस्पतालबाट उपचार गरेर फर्केका राउतको स्वास्थ्य अवस्था अहिले पनि उस्तै छ ।

राउत विना सहारा बाहिरभित्र पनि गर्न सक्दैनन्। उनी बिरामी परेर थलिएको थाहा पाएपछि मंगलबार वैतेश्वर गाउँपालिका-३ का वडा अध्यक्ष तथा स्थानीय प्राइम कमर्सियल बैंकको एक टोली उनको घर पुग्छ । उनले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता लिएर उनको घरमै पुगेका वडा अध्यक्ष तथा अन्य कर्मचारीलाई देखेपछि राउत भावुक बन्छन् ।

बिरामी परेर थला परेका राउतलाई यो पटकको भत्ता नआउने हो कि भन्ने ठुलो चिन्ता थियो । तर ओछ्यानमै वडा अध्यक्ष भत्ता बोकेर आएको देखेपछि राउत निकै भावुक र चिन्तित बने ।

वडा अध्यक्षको हात समात्दै भने, ‘यो पटक भत्ता आउँदैन कि भन्ने चिन्ता थिए । भत्ता बुझ्न वडासम्म पुग्न सक्ने अवस्था थिएन ।
हिजो यिनैहातले भोट दिएका जनप्रतिनिधि ओछ्यानमै भत्ता लिएर आउँदा निकै खुसी लागेको थियो। तिमि जस्तै जनताको सेवा गर्ने जनप्रतिनिधि सबै जनताले पाउन् ।’

उनको उक्त कुराले वडा अध्यक्षलाई पनि भावुक बनायो। वडा अध्यक्ष र बैंक टोलीले बिस्तारै उनको औँला समातेर भत्ता काड र चेकमा औँठाछाप लगाएर उनलाई १२ हजार भत्ता दिए पछि राउत खुशी हुँदै भत्ता बुझ्छन् ।

वैतेश्वर गाउँपालिकाले पछिल्लो ३ वर्ष देखि स्थानीय अशक्त,अपाङ्गता भएका तथा जेयष्ठ नागरिकहरूको सहजताको लागि वडाबाटै भत्ता वितरण गर्दै आएको छ ।

गाउँपालिकाले बैंकसँग समन्वय गरेर वडाबाटै भत्ता उपलब्ध गराउँदै आएको छ।वडाले आइतबार देखि दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ ।

वडामा आउन नसक्ने बिरामी तथा अशक्तलाई ओछ्यानमै भत्ता पुर्‍याउने गरेको वडा अध्यक्ष कमल अधिकारीले बताए । -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  १ : ३६ बजे

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको