काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना रिमालको अनुहार र अटोग्राफको ट्याटु खोपका छन् ।
गायिका रचनाले उक्त ट्याटु हानेका युवाको भिडियोसमेत सार्वजनिक गरेकी छन् । ती युवकले दाहिने हातमा ट्याटु खोपेका हुन् ।
आफ्नो अनुसारको ट्याटु खोप्नुलाई रचनाले मामा र सम्मानका रुपमा ग्रहण गरेकी छन् । यो क्षणलाई उनले शब्दमा व्यक्त गर्न नसक्ने बताएकी छन् ।
उनले अगाडि लेखेकी छन्, ‘मन नै थाम्न गाह्रो हुने गरी जुन मायाको भारी बोकाउनु भएकोछ, त्यो बोकेरै हिँडिरहन सकुँ भगवान, आज यही प्राथना गरेँ ।’
ट्याटु खोप्ने व्यक्तिप्रति उनले सम्मान व्यक्त पनि गरेकी छन् । उनले अन्त्यमा लेखेकी छन्, ‘लेख्न धेरै मन हुँदाहुँदै पनि सकिनँ । धेरै माया छ ।’
यसरी ट्याटु खोपेर आफ्नो आइडललाई सुखी पार्ने अभ्यास डाइहार्ट फ्यानहरुले गर्दै आएका छन् । पहिला पनि यस्तै फ्यानहरुले केही कलाकारको अनुहार ट्याटु खोपेको उदाहरण छ ।
फ्यानबाट ‘स्पेसल मोमेन्ट’ महसुस गर्ने अवसर रचनाले अहिले पाएकी हुन् ।













प्रतिक्रिया