हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ? « Khabarhub

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना रिमालको अनुहार र अटोग्राफको ट्याटु खोपका छन् ।

गायिका रचनाले उक्त ट्याटु हानेका युवाको भिडियोसमेत सार्वजनिक गरेकी छन् । ती युवकले दाहिने हातमा ट्याटु खोपेका हुन् ।

आफ्नो अनुसारको ट्याटु खोप्नुलाई रचनाले मामा र सम्मानका रुपमा ग्रहण गरेकी छन् । यो क्षणलाई उनले शब्दमा व्यक्त गर्न नसक्ने बताएकी छन् ।

उनले अगाडि लेखेकी छन्, ‘मन नै थाम्न गाह्रो हुने गरी जुन मायाको भारी बोकाउनु भएकोछ, त्यो बोकेरै हिँडिरहन सकुँ भगवान, आज यही प्राथना गरेँ ।’

ट्याटु खोप्ने व्यक्तिप्रति उनले सम्मान व्यक्त पनि गरेकी छन् । उनले अन्त्यमा लेखेकी छन्, ‘लेख्न धेरै मन हुँदाहुँदै पनि सकिनँ । धेरै माया छ ।’

यसरी ट्याटु खोपेर आफ्नो आइडललाई सुखी पार्ने अभ्यास डाइहार्ट फ्यानहरुले गर्दै आएका छन् । पहिला पनि यस्तै फ्यानहरुले केही कलाकारको अनुहार ट्याटु खोपेको उदाहरण छ ।

फ्यानबाट ‘स्पेसल मोमेन्ट’ महसुस गर्ने अवसर रचनाले अहिले पाएकी हुन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  २ : २९ बजे

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री

बालेन क्याबिनेटबारे रास्वपा बैठकमा कुरै भएन, नेताहरू भन्छन् : सभापति र वरिष्ठ नेतालाई थाहा होला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने