राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गर्दै झण्डा सम्मान अभियानले आयोगलाई बुझायो ज्ञापनपत्र « Khabarhub

राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गर्दै झण्डा सम्मान अभियानले आयोगलाई बुझायो ज्ञापनपत्र


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न राजनैतिक दल र दलका उम्मेदवारले नेपाली राष्ट्रिय झण्डाको दुरूपयोग गरेको भन्दै राष्ट्रिय झण्डा सम्मान अभियान नेपालले निर्वाचन आयोगमा मंगलबार ज्ञापनपत्र बुझाएको छ । अभियानका संयोजक गोविन्द पौडेल नेतृत्वको टोलीले कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो ।

झण्डाको दुरुपयोग अत्याधिक रूपमा बढेको र सम्बन्धित निकायले निगरानी नगरेको भन्दै अभियानले आयोगमा ध्यानाकर्षण गराएको अभियानका संयोजक पौडेलले बताए । निर्वाचन आचारसंहिता २०८२ ले बढीमा १० वटासम्म मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने र त्यसबाहेकका प्रचारप्रसारमा यसको प्रयोग गर्न नहुने नियम जारी गरेको छ ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले राष्ट्रिय झण्डाको प्रयोग सहि तरिकाले भए नभएको निगरानी गर्ने र राष्ट्रको प्रतीकका रूपमा रहेको राष्ट्रिय झण्डाको दुरुपयोग भएको पाइएमा त्यसलाई गम्भीर अपराधको रूपमा लिई कानुन बमोजिम कडा कारबाही गर्ने बताए ।

साथै, आयुक्त भण्डारीले राष्ट्रिय झण्डाको दुरुपयोग भएको पाईएमा निर्वाचन आयोगलाई जानकारी गराउनसमेत नागरिक तहलाई आग्रह गरेका छन् । राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित र सम्मानजनक बनाउन हाल ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गीतको प्रयोगसम्बन्धी कार्यविधि, २०६९’ कार्यान्वयनमा रहेको छ ।

यस कार्यविधिले झण्डाको आकार, फहराउने विधि र निषेध गरिएका प्रावधानहरूका बारेमा स्पष्ट व्यवस्था गरेको छ भने प्रमुख जिल्ला अधिकारीलाई आफ्नो क्षेत्र भित्र यसको नियमित अनुगमन गर्ने जिम्मेवारी सुम्पिएको छ । झण्डाको अपमान हुने कुनै पनि कार्य गर्न, यसलाई उल्टो राख्न, च्यात्न, जलाउन, फ्याँक्न वा कुनै सामान पोको पार्न प्रयोग गर्न पाइने छैन

त्यसैगरी व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले झन्डाको दुरुपयोग गर्न र व्यक्तिले आफ्नो शरीरमा झण्डाको प्रतीक टाँस्दा वा लगाउँदा कम्मरभन्दा मुनिको भागमा प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  २ : ५३ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने