नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट « Khabarhub

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह छनोट भएका छन् । 

नवलपुरको देवचुली नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, गोरखाको सहिद लखन गाउँपालिका, गोरखा नगरपालिका, तनहुँको म्याग्दे र ऋषिङ गाउँपालिका, लमजुङको बेँसीसहर नगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिका छनोटमा परेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उक्त कार्यक्रमका लागि विभिन्न स्थानीय तहबाट २९ वटा प्रस्ताव पेस भएकामा प्रदेश छनोट तथा सिफारिस समितिले मूल्यांकन गरी आठवटा परियोजना प्रस्ताव स्वीकृत भएको कार्यालयका उपसचिव पार्वती लामिछानेले जानकारी दिए ।

नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि सङ्घीय ससर्ततर्फको रु चार करोड १० लाख बजेट विनियोजन भएको उनले बताए। 

‘नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन कार्यविधिअनुसार स्थानीय तहले अनुदान प्राप्त गर्छन्, बढीमा ३० प्रतिशत स्थानीय तहको साझेदारी रहन्छ’, उपसचिव लामिछानेले भने।

नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत देवचुली नगरपालिकामा कृषक पाठशाला परियोजना, पुतलीबजार नगरपालिकामा मुस्लिम समुदाय लक्षित उद्यम विकास तथा व्यवसाय प्रवर्द्धन परियोजना र सहिद लखन गाउँपालिकामा मनकामना फोहरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने भएको छ ।

यसैगरी, म्याग्दे गाउँपालिकामा बालबालिकाको शैक्षिक विकास, घरपझोङ गाउँपालिकामा फोहर सङ्कलन तथा व्यवस्थापन केन्द्र, बेँसीसहर नगरपालिकामा मौरीजन्य उत्पादन प्रवर्द्धन, ऋषिङ गाउँपालिकामा मौरी उद्योग र गोरखा नगरपालिकामा मटका घरबास ‘होमस्टे’ परियोजना अगाडि बढाइने भएको हो ।

प्रदेश तथा स्थानीय शासन सबलीकरण परियोजनाअन्तर्गत सञ्चालित यस कार्यक्रमबाट प्रदेश तथा स्थानीय तहलाई सक्षम र उत्तरदायी बनाउन सहयोग पुर्‍याउने लक्ष्य छ । यस वर्ष प्रदेशका १५ वटा स्थानीय तह छनोट भई परियोजना कार्यान्वयनको चरणमा छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ३ : ५५ बजे

स्वास्थ्य बीमाको सही उपयोग गर्न बोर्डको सार्वजनिक अपिल

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको सही र जिम्मेवार उपयोग

अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय : युनिसेफ

एजेन्सी– अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय र महत्वपूर्ण मोडमा पुगेको उल्लेख

रास्वपाबाट निकालिएको तीन वर्षपछि ढाकाकुमार हर्कको श्रम संस्कृतितिर

काठमाडौं- घुस काण्डमा मुछिएर रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २०७९

खुम्बु ल्होसार कप-२०२६ माघ २४ गतेदेखि सुरु हुने

काठमाडौं– शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु

अमेरिकी धम्कीपछि क्युबालाई समर्थन गर्ने चीनको वाचा

एजेन्सी– केही हप्ताअघि भेनेजुएलामा हवानाका सहयोगी निकोलस मदुरोलाई हटाएको संयुक्त