केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई « Khabarhub

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार छिरे । उनी केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारमा पसेका हुन् । त्यस्तै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्‍वरको पनि उनले निरीक्षण गरे।

गृह सचिव, गृह मन्त्रालयको शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख, कारागार व्यवस्थान विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक लगायत उच्च अधिकारीको टोली लिई कारागार निरीक्षणमा पुगेका मन्त्री अर्यालले दुई कारागार कार्यालय र एक कारागार अस्पतालको अवस्था बुझे ।

मन्त्री अर्यालले केन्द्रीय कारागार कार्यालय जगन्‍नाथदेवलमा रहेका केन्द्र, भद्र र महिला सुधार गृहको निरीक्षण गरी त्यहाँका कैदिबन्दीसँग भेट गरे।

उनले उनीहरूका समस्याबारे जानकारी लिए । त्यस्तै कारागार कार्यालय डिल्लीबजारका महिला र पुरुष ब्लकहरुमा पुगी त्यहाँ राखीएका बन्दीसँग समेत भेट गरे।

अर्यालले मंगलबार केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल निरीक्षणका क्रममा दुईजना चर्चित कैदी टोपबहादुर रायमाझी र राजेश अहिराजसँग पनि कुरा गरेका छन् ।

एमालेका पूर्वसचिव रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरण र मधेशका पूर्वप्रदेश प्रमुख अहिराज घरमै काममा राखिएकी किशोरीलाई बलात्कार गरेको अभियोगमा हाल सजाय काटिरहेका छन् । उनीहरू गृहमन्त्रीसामु कुर्सीमा बसेर कुरा गरिरहेको फोटो सार्वजनिक भएको छ।

निरीक्षणको क्रममा सम्बन्धित कारागारका कारागार प्रशासकहरुले कारागारको क्षमता, भौतिक अवस्था बन्दीहरुको संख्या लगायतबारे मन्त्री अर्याललाई जानकारी गराए।

मन्त्री अर्यालले कारागारमा रहेका वृद्ध तथा दीर्घरोगी बन्दीहरुको सम्बन्धमा चिन्ता र चासो व्यक्त गरी उनीहरुको सजाय भुक्तानका सम्बन्धमा कानून अनुसार प्राप्त हुने राहत उपलब्ध गराउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ६ : ३० बजे

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी