काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम हिमपात/वर्षा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।
साथै राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपातको समेत सम्भावना छ।
यस्तै आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङको समेत सम्भावना रहेको मौसम महाशाखाले जाएको छ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ।













प्रतिक्रिया