पाकिस्तानको एफ १६ लडाकु जहाज खसालेको अफगानिस्तानको दाबी « Khabarhub

पाकिस्तानको एफ १६ लडाकु जहाज खसालेको अफगानिस्तानको दाबी


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानले शुक्रबार अमेरिकामा निर्मित एफ–१६ पाकिस्तानी लडाकु विमान गुमाएको दाबी गरेको छ।

इस्लामाबाद नेतृत्वको पाकिस्तानी सेनाले तालिबान अधिनस्थ अफगानिस्तानका काबुल र कान्धारलगायत विभिन्न सहरमा रातभर हवाई आक्रमण गरेपछि उक्त दाबी सार्वजनिक भएको हो।

अमेरिकामा निर्मित एफ–१६ विमानलाई पाकिस्तान वायुसेनाको प्रमुख शक्ति मानिन्छ। अफगानिस्तानसँग आफ्नै वायुसेना नभएकाले उसले मुख्य रूपमा स्थलसेनामै भर पर्छ। रिपोर्टहरूमा आक्रमणका क्रममा प्रयोग गरिएको एफ–१६ को भग्नावशेष जमिनमा छरिएको देखिएको उल्लेख छ।

सामाजिक सञ्जाल एक्समा ‘अफगानिस्तान डिफेन्स’सँग सम्बद्ध एकाउन्टले ध्वस्त भएर आगो लागिरहेको एफ–१६ विमानको भिडियो देखाएको छ।

तालिबान सुरक्षा बलले त्यसलाई स्थलबाट मिसाइल हानेर खसालेको दाबी गरेको छ। तर एक्सकै एआई ग्रोकले उक्त भिडियो वास्तविक भए नभएको अझै पुष्टि हुन नसकेको जनाएको छ।

पाकिस्तानले अफगानिस्तानबाट ‘अप्रेरित गोलीबारी’ भएको दाबी गर्दै ‘अपरेसन गजाब लिल हक’ नामक सैन्य कारबाही सुरु गरेको बताएको छ।

उक्त अभियानअन्तर्गत काबुल र कान्धारसहितका प्रमुख सहरमा लक्षित आक्रमण गरिएको र केही अफगान सैन्य अड्डा ध्वस्त पारिएको दाबी गरिएको छ।

यसअघि पनि क्षेत्रीय तनावका क्रममा पाकिस्तानका एफ–१६ जेट लक्षित भएका थिए। सन् २०२५ मे महिनामा भारतले ‘अपरेसन सिन्दूर’ सञ्चालन गर्दै पाकिस्तानका एफ–१६ र जेएफ–१७ लडाकु विमान ध्वस्त पारेको दाबी गरेको थियो।

भारतीय वायुसेनाका प्रमुख एपी सिंहले पनि उक्त अभियानका क्रममा अमेरिकामा निर्मित एफ–१६ र चिनियाँ जेएफ–१७ खसालिएको बताएका थिए।

सुकरको यूएभी ह्याङ्गर, भोलारीस्थित एईडब्ल्यु एन्ड सी विमान ह्याङ्गर तथा जेकबाबादस्थित एफ–१६ ह्याङ्गरमा क्षति पुगेको रिपोर्टमा उल्लेख थियो।

उता अफगान सुरक्षा बलले पाकिस्तानी जेट खसालेको दाबी गरेका छन्। अफगान मिडिया टोलो न्यूजले सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त विमान अफगान हवाई क्षेत्रमा प्रवेश गरेपछि निशाना बनाइएको जनाएको छ।

अमु रेडियोले पनि स्रोतका आधारमा पाकिस्तानी सैन्य विमान खसालिएको खबर दिएको छ। यद्यपि भाइरल भिडियोको प्रामाणिकता पुष्टि नभएको अमु रेडियोले स्पष्ट पारेको छ। पाकिस्तानले यस विषयमा अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।

दुवै पक्षले क्षतिको विवरणमा फरक–फरक दाबी गरेका छन्। अफगान रक्षा मन्त्रालयका अनुसार ५५ पाकिस्तानी सैनिक मारिएका, केहीको शव अफगानिस्तान लगिएको र कैयौंलाई जिउँदै पक्राउ गरिएको छ।

पाकिस्तानको आक्रमणमा अफगान पक्षका ८ जनाको मृत्यु र ११ जना घाइते भएको दाबी पनि गरिएको छ। १९ पाकिस्तानी चौकी र दुई सैन्य बेस ध्वस्त पारिएको भनिएको छ। झण्डै चार घण्टापछि मध्यरातमा भिडन्त अन्त्य भएको अफगान पक्षको भनाइ छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मुशर्रफ अली जैदीले भने १३३ अफगान तालिबान लडाकु मारिएको दाबी गरेका छन्।

नंगरहार, नुरिस्तान, कुनार, खोस्त, पक्तिया र पक्तिका लगायत सीमावर्ती क्षेत्रमा अझै छिटफुट संघर्ष जारी रहेको बताइएको छ। यी क्षेत्र ड्युरान्ड रेखानजिक पर्ने गोश्ता जिल्ला र कुनार प्रान्त आसपास पर्छन्।

यसअघि २२ फेब्रुअरीमा पनि पाकिस्तानले अफगानिस्तानको भित्री क्षेत्रमा हवाई आक्रमण गरेको थियो।

उक्त कारबाही पाकिस्तानी तालिबान र इस्लामिक स्टेटसँग सम्बन्धित अखडामा गरिएको पाकिस्तानको दाबी थियो। सूचना मन्त्री अताउल्लाह तरारले खुफिया सूचनाका आधारमा कारबाही गरिएको र आवश्यक परे थप अपरेसन गरिने बताएका थिए।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ११ : २९ बजे

ओलीको जिकिर : सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि

‘सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले

सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता

एजेन्सी– मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच तेहरानको

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने

काडमाडौं– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

रोग नियन्त्रणमा खानपान र औषधिको भूमिका : यस्ता छन् भ्रम र यथार्थ

काठमाडौं– अहिलेको समयमा मानिसहरू आफ्नो खानपानका बारेमा निकै सचेत भएका