जेन-जी आन्दोलनबारे तनुजा भन्छिन् : गोली चलाउने र आगजनी गराउने दुवैलाई कारबाही हुनुपर्छ « Khabarhub

जेन-जी आन्दोलनबारे तनुजा भन्छिन् : गोली चलाउने र आगजनी गराउने दुवैलाई कारबाही हुनुपर्छ


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन–जी अभियन्ता तनुजा पाण्डेले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनाबारे गम्भीर प्रश्न उठाएकी छन्।

उनले शान्तिपूर्ण प्रतिबद्धतासहित सुरु भएको आन्दोलन कसरी उग्र मोडमा पुग्यो भन्नेबारे निष्पक्ष छानबिन आवश्यक रहेको बताएकी छन्।

उनले आन्दोलन शान्तिपूर्ण रहेको दाबी गरिए पनि भदौ २३ गते करिब ९:३० बजे माइतीघर क्षेत्रमा झडप हुनु र उग्र नारा लाग्नु शंकास्पद रहेको बताएकी छन्।

‘शान्तिपूर्ण आन्दोलनलाई कसले उकास्यो ? आन्दोलनको दिशा कसले बदल्यो?’ भन्ने प्रश्नको जवाफ जनताले पाउनुपर्ने उनले बताइन्।

पाण्डेले भदौ २३ गते बिहान करिब ११ बजे जेन–जी समूहले नै सामाजिक सञ्जालमार्फत ‘आन्दोलनमा घुसपैठ भइसकेको छ, अवस्था सुरक्षित छैन, घर फर्किनुहोस्’ भन्ने सूचना जारी गरिसकेको अवस्थामा अग्रपंक्तिमा रहेका नेतृत्वकर्ताले त्यसलाई किन बेवास्ता गरे भन्ने प्रश्न उठाएकी छन्। जोखिम स्पष्ट हुँदाहुँदै पनि आन्दोलन अघि बढाउनु कसको निर्णय थियो भन्ने उनको जिज्ञासा छ।

उनले प्रहरीको ब्यारिकेड तोड्ने र संसद् अगाडि पुग्ने अवस्था कसरी सिर्जना भयो भनेर पनि प्रश्न गरेकी छन्। यदि उद्देश्य शान्तिपूर्ण प्रदर्शन थियो भने त्यसको दिशा परिवर्तन कसले गरायो भन्ने विषय स्पष्ट हुनुपर्ने उनको माग छ।

सुरक्षा निकायको भूमिकामाथि पनि उनले प्रश्न उठाएकी छन्। स्कुलको पोशाकमै रहेका नाबालकमाथि गोली चलाउने आदेश कसले दियो? ‘स्कुल पोशाकमा रहेका विद्यार्थीलाई प्रहरीले केही गर्दैन’ भन्ने भ्रम कसरी फैलियो? यस्ता प्रश्नको उत्तर सार्वजनिक हुनुपर्ने उनको भनाइ छ।

सिंहदरबारमा आगजनी कसरी भयो र देशका विभिन्न स्थानमा एउटै शैलीमा आगो कसरी लगाइयो भन्ने विषयमा पनि उनले छानबिन मागेकी छन्। घरभित्र मानिस रहेको अवस्थामा बाहिरबाट आगो लगाउनु जघन्य अपराध हुने भन्दै दोषी पहिचान गर्नुपर्ने उनको जोड छ।

भदौ २४ मा भाटभभटेनी सुपर मार्केटमा भएको आगजनीका क्रममा सात जनाको ज्यान गएको उल्लेख गर्दै उनले मृतकको पहिचान र मृत्युको कारणबारे राज्य मौन रहेको आरोप लगाइन्। राज्यप्रति आक्रोशित भीड निजी व्यापारिक प्रतिष्ठानतर्फ किन मोडियो भन्ने विषय पनि अनुसन्धानको दायरामा आउनुपर्ने उनको भनाइ छ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले नै सुरक्षित रूपमा कारागारबाट निकालेको बताउँदै तर सोही दिन १० जना बन्दी मारिएको घटनालाई दोहोरो मापदण्डको संज्ञा दिएकी छन्। कानुन सबैका लागि समान हुनुपर्ने भन्दै उनले नेपाल प्रहरीसँग जवाफ मागेकी छन्।

पाण्डेले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु आगामी चुनावलाई प्रभावित पार्ने प्रयास हुन सक्ने आशंका व्यक्त गरेकी छन्। गोली चलाउने र आगजनी गराउने दुवै पक्षको सत्य बाहिर आएपछि मात्रै जनताले सचेत निर्णय गर्न पाउने उनको भनाइ छ।

‘भदौ २३ अघि कि २४ भन्ने बहसमा सीमित नहौँ, दुवै दिन नेपालीले ज्यान गुमाएका छन्,’ उनले भनिन्, ‘सत्य र जिम्मेवारीबिना लोकतन्त्र सम्भव छैन।’

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १२ : ३२ बजे

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका

चितवनमा रविले भने : अरू दललाई एक सीट पनि नदिनू, सबैलाई सडकमा पुर्‍याइदिनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गतेको

कुनै हालतमा निर्वाचनमा धाँधली भयो भनेर प्रश्न उठाउने ठाउँ राख्न हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनलाई

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा (तस्बिरहरू)

काठमाडौं– राजधानी काठमाडौं आज शुक्रबार विश्वको सबैभन्दा प्रदूषित सहरहरू मध्ये

बालेन्द्रले ल्याए भारतको तरकारी रोक्ने योजना, वाइवाइलाई दिए ‘कांग्रेसको चाउचाउ’को संज्ञा

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले भारतबाट आउने