मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने « Khabarhub

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काडमाडौं– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा गरी उक्त सङ्ख्यामा  कर्मचारी खटाउने भएको हो । 
 
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाउने व्यवस्था मिलाइएको बताए। 

मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरु कर्मचारीलाई मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ । 

निर्वाचनका लागि निर्वाचन सामग्री र मतपत्र बिहीबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ ।
 

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १२ : ४८ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना