भारतको गुरुग्राममा २६ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार « Khabarhub

भारतको गुरुग्राममा २६ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको गुरुग्राममा नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ । भाारतीय समाचार संस्था पीटीआईले जनाए अनुसार एक अटोरिक्सा चालकसहित तीन जनाले ती महिलामाथि सामूहिक बलात्कार गरेका हुन् ।

अधिकारीका अनुसार प्रहरीले बलात्कारको आरोपमा अटो चालकलाई नियन्त्रणमा लिएर सदर प्रहरी चौकीमा एफआईआर दर्ता गरेको छ । कुरुक्षेत्र बस्ने पीडित महिलाको उमेर २६ वर्ष रहेको जनाइएको छ ।

उनी एउटा निजी क्षेत्रमा कार्यरत रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी साथी भेट्न गुरुग्राम पुगेकी थिइन् । निराश भएकी उनले मदिरा पिएको दाबी गरिएको छ ।

त्यसपछि उनी अटोरिक्सा चढिन् । त्यहाँ तीन अरु जना पनि सवार थिए । मदिरा पिएकी महिलालाई घटनाबारे स्पष्ट केही थाहा नभएको दाबी गरिएको छ ।

बेहोस भएकी उनको होस नहरपुर रुपा क्षेत्रको एउटा घरको कोठामा खुलेको थियो । त्यसपछि उनी प्रहरीकहाँ पुगेकी थिइन् ।

प्रहरीमा उनले आफूलाई तीन जनाले सामूहिक बलात्कार गरेको उजुरी दिएकी छिन् । प्रहरीले उत्तर प्रदेश बसोबास गर्ने अटोरिक्सा चालकलाई नियन्त्रणमा लिएको छ ।

स्थानीय अदालतले उनलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । अरु फरार आरोपीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  २ : ४२ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना