विश्वप्रकाशले भने : पुरानाका दिन सकिएका भए धर्मशास्त्र र धर्ती बाँकी हुने थिएनन् « Khabarhub

विश्वप्रकाशले भने : पुरानाका दिन सकिएका भए धर्मशास्त्र र धर्ती बाँकी हुने थिएनन्


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्न सबैभन्दा पहिले राजनीतिलाई बदल्नुपर्ने बताएका छन् ।

पोखरामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । उनले सबै दल आवेग र उत्तेजनाबाट अलग्ग हुनुपर्ने बताए ।

‘उत्तेजना, आवेग, रिस र लहैलहैमा लागेर होइन, मतदाताले सोचेर मत दिन जरूरी छ’, उनले भने, ‘कसैलाई लाग्छ, भदौ २३ अगाडिको नेपाल सबै ठिक थियो । कसैलाई लाग्छ भदौ २३ अगाडिको देश सबै बेठिक थियो । कसैले भदौ २३ अगाडि खराबै खराब थियो भन्छ भने उसले निराशालाई बढाउँछ । कसैले राम्रै राम्रो थियो भन्छ भने त्यसले पनि प्रश्नलाई मार्छ ।’

उनले मतदातालाई आवेगमा नभएर, शान्तपूर्वक मतदान गर्न आग्रह गरे । ‘कसैले पुरानाका दिन गए भन्दा धर्मशास्त्र र धर्ती सबैभन्दा पुराना हुन् । के यिनको दिन गए भनेको हो त ? २०६४ सालमा माओवादीलाई झन्डै दुईतिहाइ दिएकै हो, देशले झन् दु:ख पायो’, उनले भने, ‘यस पटक पनि नयाँ रोज्दै गर्दा देशलाई दु:ख दिने कि विवेक पुर्‍याएर मतदान गर्ने ? यो बेलामा तपाईं हामीले संयमताका साथ सोच्न जरूरी छ ।’

उनले मूल प्रश्न कसले सिंहदरबारमा कमान्ड गरेर भदौ २३ र २४ पछिको आँधीहुरीबाट देशलाई निकाल्छ भन्ने रहेको बताए । ‘देशको कमान्ड सम्हाल्नुपर्ने आवश्यकता छ। हामीले कास्कीसँगै देशका लागि सोच्नुपर्नेछ । देशलाई बदल्न सबैभन्दा पहिले राजनीतिलाई बदलौँ’, उनले भने, ‘हामी राजनीतिक संस्कारलाई बदल्न चाहन्छौँ । दलहरूका मञ्चबाट गाली होइन, प्रेमलाई सम्प्रेषण गरौँ । निर्वाचनको मैदान दुष्मनी होइन, भ्रातृत्वको थलो बनाऊँ।’

उनले चुनावमा उत्रिएका दलहरूबीच काठमाडौंमा आगामी १८ गते होली खेल्दै राजनीतिक बहस गर्न प्रस्ताव गरेका छन् । शर्माले नयाँ दल र नयाँ ऊर्जालाई रोज्ने हो भने कांग्रेसलाई रोज्न अपिल गरे ।

‘चुपचाप फलाना चिह्नमा छाप होइन प्रश्न, गरौँ अनि मात्रै अघि बढौँ । सबै दलले चुनावअघि नै सहमति गरिराखेर देशमा सरकारलाई पाँच वर्ष टिक्ने गरी लैजाऊँ’, उनले भने, ‘सबै राजनीतिक दलहरू एक ठाउँ उभिएर सरकार टिकाउने काम गरौँ ।’

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ४ : ५५ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ