रास्वपामा गएको केही दिनमै एमालेमा फर्किए बामदेव गुरुङ « Khabarhub

रास्वपामा गएको केही दिनमै एमालेमा फर्किए बामदेव गुरुङ


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

दाङ- घोराही उपमहानगरपालिका वडा नम्बर ४ का बामदेव गुरुङ नेकपा एमालेमै फर्किएका छन् ।

केही दिनअघि एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका गुरुङलाई एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले पुनः पार्टीमा फर्काएकी हुन् ।

गुरुङले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै फेरि एमालेमै सक्रिय भएर काम गर्ने निर्णय लिएका हुन्। उनी लामो समयदेखि एमालेको संगठन निर्माण र स्थानीय तहको राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

गुरुङको पुनरागमनले वडा नम्बर ४ सहित घोराही क्षेत्रमा एमाले संगठन थप सुदृढ हुने पार्टी नेताहरूको विश्वास छ ।

एमालेले पछिल्लो समय जिल्लामा संगठन विस्तार र कार्यकर्ता एकतामा जोड दिँदै आएको छ । यसमा गुरुङको फिर्तीलाई सकारात्मक मानिएको छ।

गुरुङले आफू पार्टीभित्रै रहेर जनताको विकास र समृद्धिका पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ६ : ५९ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ