निर्वाचनमैत्री होली मनाऔँ : निर्वाचन आयुक्त भण्डारी « Khabarhub

निर्वाचनमैत्री होली मनाऔँ : निर्वाचन आयुक्त भण्डारी


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समग्र मुलुकभरिमा निर्वाचनको तयारी सौहार्दपूर्ण वातावरणमा अघि बढिरहेको बताएका छन् ।

पर्सा र बारा जिल्लाको ‘निर्वाचन सुरक्षाको वर्तमान अवस्था, चुनौती र समाधान’ विषयक छलफल कार्यक्रममा अहिले मुलुकभरि निर्वाचनमैत्री वातावरण बन्दै गइरहेको उनले उल्लेख गरे । 

‘अहिले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना न्यून रहेका छन् । निर्वाचन प्रचारप्रसारमा मितव्ययिता कायम भएको छ । एकले अर्कोलाई निषेधको राजनीति गर्न खोजे पनि सोको बेलैमा पहिचान भएर कम गर्न सकिएको छ’, उनले भने, ‘त्यो निषेधको राजनीति अहिले निषेध भएको छ ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले विगतको तुलनामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कमी आएको दाबी गरे। ‘होली, निर्वाचन आचारसंहिता र निर्वाचनलाई सँगसँगै लैजादैँछौँ’, उनले भने, ‘निर्वाचनमैत्री होली मनाउन आयोग सम्पूर्णलाई अनुरोध गर्दछ ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले होलीलाई तड्कभड्कयुक्त नभएर निर्वाचनमैत्री, शान्तिपूर्ण र सौहार्दपूर्ण ढङ्गले मनाइदिनका लागि आह्वान गरेका छन् ।

‘होली र निर्वाचन सँगसँगै अघि बढाउने छौँ । यसको सबैको साथ र सहयोग अनिवार्य छ’, उनले भने, ‘केही सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । सोबारे अध्ययन गरी थप आवश्यक कारबाही प्रक्रिया अघि बढाएका छौँ ।’

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ७ : १० बजे

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र