चितवनबाट तनहुँ पुगेका रविलाई मुख्य सडकमै कालोझण्डा « Khabarhub

चितवनबाट तनहुँ पुगेका रविलाई मुख्य सडकमै कालोझण्डा


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

तनहुँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई तनहुँको दमौलीमा कालो झण्डा देखाइएको छ।

पूर्वऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरूले रविलाई कालो झण्डा देखाउँदै विरोध जनाएका हुन् ।

चितवन हुँदै तनहुँ सदरमुकाम दमौलीमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका बेला लामिछानेले विरोधको सामना गर्नुपरेको हो । उज्यालो कार्यकर्ताले राजमार्गमै बसेर रविलाई कालोझण्डा देखाए ।

उज्यालोका कार्यकर्ताले रविलाई कालो झण्डा देखाउनुको कारण खुलेको छैन । यहाँ उज्यालोबाट मञ्जिल रानाले उम्मेदवार छन् । चितवनमा सँगै भए पनि वरिष्ठ नेता बालेन्द्र साह भने तनहुँ गएका थिएनन्।

उज्यालो नेपालका कार्यकर्ताको विरोधका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही बेर तनाव पनि भयो । कालोझण्डा देखाउनेहरू केहीबेर प्रहरीको नियन्त्रणमा पनि परे।

पुरूष प्रहरीले महिलालाई समेत समातेको र धकेलेको बताउँदै उज्यालो नेपाल कार्यकर्ता दमौली बजारको सडकमै धर्ना बसेका छन् ।

रास्वपा र उज्यालो नेपालबीच गत पुस १४ गते एकता भएको थियो । तर उक्त एकता १२ दिनपछि पुस २६ गते तोडिएपछि कुलमानले उज्यालो नेपालको अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ७ : ३३ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ