कालीकोटमा निर्वाचन अवधिमा ड्रोन उडाउन प्रतिबन्ध « Khabarhub

कालीकोटमा निर्वाचन अवधिमा ड्रोन उडाउन प्रतिबन्ध


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मान्म– कालिकोटमा ‘रिमोटली प्वाइन्टेट एयरक्राप्ट’ (आरपीए) र ‘ड्रोन क्यामेरा’ उडाउन तीन दिनका लागि प्रतिबन्ध लगाइएको छ ।

यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर निर्वाचन भन्दा तीन दिनअघिदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि आरपीए र ड्रोन उडाउन प्रतिबन्ध लगाउने निर्णय जिल्ला सुरक्षा समितिले गरेको हो । 

सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा व्यक्तिगत र संस्थागत तवरबाट विभिन्न उद्देश्यहरू लिई आरपीए/ड्रोनलगायत उपकरणको प्रचलन बढ्दै आएको र सुरक्षा अवस्थामा असर नपुग्नेगरी उडान, अनुमति र अन्य नियमनसम्बन्धी व्यवस्थालाई अद्यावधिक गर्न मानवरहित हवाई उपकरण आरपीए/ड्रोन उडानसम्बन्धी कार्यविधि, २०७५ जारी भई लागूसमेत भइसकेकाले निर्वाचन अवधिमा उडान गर्न प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए  । 

निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी अनुमति लिई सञ्चालनमा रहेका ड्रोन प्रयोगकर्ताको हकमा निर्वाचन मितिभन्दा तीन दिन अगाडिदेखि निर्वाचन सम्पन्न नहुँदासम्म आरपीए/ड्रोन उडान प्रतिबन्ध लगाइएको उनले बताए । 

उनले निर्वाचन अवधिमा सुरक्षा निकायबाहेक अन्य व्यक्ति/संस्थालाई ड्रोन उडानमा रोक लगाउने निर्णय भएको र अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने उल्लेख गरे । 

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ७ : ३३ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक