टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक ! « Khabarhub

टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक !


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा नै मलाई फिल्मको प्रस्ताव आएको थियो ।’

चर्चित प्रोफाइन भएका मिस नेपाललाई ठूलो पर्दाको अभिनयमा ल्याउँदा फिल्मको हाइप बढ्ने भएकाले पनि मेकर यसतर्फ आकर्षित भएको पाइन्छ ।

नेपालको पहिलो मिस नेपाल रुवि राणाले पनि अभिनय गरेकी छन् । सन् २०२० मा मिस नेपाल बनेकी नम्रता श्रेष्ठले पनि फिल्ममा डेब्यू गरिसकिन् ।

पूर्व मिस नेपाल उषा खड्गीले यही वर्ष फिल्ममा डेब्यू गरिन् । मलिना जोशी, निकिता चान्डक र श्रृष्टि श्रेष्ठ पनि ठूलो पर्दामा होमिएका मिस नेपाल हुन् ।

तर, मिस नेपाल पनि ठूलो पर्दामा स्थापित हुन सकस नै देखिन्छ । ठूलो पर्दामा टिकेकी मिस नेपाल श्रृष्टि मात्रै हुन् ।

‘फिल्ममा विक्नभन्दा टिक्न गाह्रो’ भन्ने भाष्य मिस नेपालमा पनि राम्रैसँग लागु भएको छ ।
०००
थियटर अभ्यास गरेर ठूलो पर्दामा आउने अभ्यास हाबी भइरहेका बेला अहिले भाइरल टिकटकरलाई फिल्ममा ल्याउने ट्रेन्ड देखिन्छ ।

टिकटकमा भाइरल हुने बित्तिकै म्युजिक भिडियो त पाइहाल्छन् । त्यसपछि ठूलो पर्दामा पक्का ।

पछिल्लो केही वर्षमै दर्जनौं टिकटकले ठूलो पर्दामा डेब्यू गरेको पाइन्छ ।

टिकटकमा भाइरल भएर फिल्ममा आउने धेरै ठूलो पर्दामा फ्लप नै छन् । केहीले भने सम्भावना देखाएका छन्, ब्याक टू ब्याक फिल्म साइन गरेका छन् ।

गत पुसमा प्रदर्शनमा आएको फिल्म ‘मुगलान’बाट टिकटकर स्मारिका ढकालले डेब्यू गरिन् । फिल्मले साढे ६ लाख पनि व्यापार गरेन ।

दुई वर्षअघि ठूलो पर्दामा डेब्यू गरेकी अर्की टिकटकर हुन्– गरिमा शर्मा । उनले तीन फिल्ममा अभिनय गरिन्, सबै फ्लप छन् ।

फिल्महरू ‘लन्डन टू पेरिस’ र ‘ह्रस्व दीर्घ’मा सहायक नायिका बनेकी उनी ‘जन्ते बाख्रो’मा लिड नायिका बनिन् । फिल्म त चलेन, चलेन उनको अभिनय क्षमताको पनि चर्चा भएन । फ्लपमा ह्याट्रिक पुग्दा स्थापित हुन उनलाई झनै सकस देखिन्छ।

अर्की भाइरल टिकटकर मिस पवीलाई त झन् फिल्म फापेको छैन । अभिनय गर्न नसकेकाले फिल्म ‘माग्ने राजा’बाट हटाइएको चर्चापछि उनी फिल्मबाट टाढिएको देखिन्छ ।
टिकटक र म्युजिक भिडियो जति ठूलो पर्दा उनलाई पनि फापेको छैन ।

टिकटकका भाइरल अनुहार अन्य पनि धेरै छन्, जसले ठूलो पर्दामा अवसर पाए । तर, उनीहरूको फिल्म हलमा लागेको र उत्रिएको धेरै दर्शकले थाहा पाएनन् ।

जसले देखाएका छन् सम्भावना
टिकटकबाट आएका केहीले भने फिल्ममा स्थापित हुने सम्भावना देखाएका छन् ।

जसमा सुरुमै नायिका सिम्रन पन्तको नाम आउँछ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘होस्टल ३’बाट उनले डेब्यू गरिन् । डेब्यू नै सफल भयो ।

उनले दोस्रो फिल्मका रुपमा ‘आबाट आमा’ साइन् गरिन् । यस फिल्ममा उनी नायक पल शाहको जोडीको भूमिकामा छन् । प्रदर्शनरत यस फिल्मले ५१ दिन मनाइसक्यो । यसले सिम्रनको करिअरलाई थप सहयोग पुग्ने देखिन्छ ।

टिकटकबाट आएर बल्कबस्टर फिल्म दिने अर्की नायिका सनिसा भट्टराई हुन् । उनको डेब्यू फिल्म ‘१२ गाउँ’ हो । यो सबैभन्दा बढी व्यापार गर्ने तेस्रो नेपाली फिल्म हो ।
दोस्रो फिल्म ‘नरसिंहा : अवतार’मा उनले महानायक राजेश हमालसँग स्क्रिन सेयर गरिन् । अहिले उनी ‘जिरो डिग्री’को छायाङ्कनमा छिन् ।

टिकटकबाट आएका नायक पारस बम ‘कुल ब्वाइ’ले पनि ‘होस्टल ३’ बाट डेब्यू गरेका हुन् । उनको फिल्ममा डिमान्ड राम्रो छ । तर, स्क्रिप्ट चयनमा समय लगाएर उनी फिल्म साइन गरिरहेका छन् ।

जो डेब्यूको तयारीमा छन् !
अर्का टिकटर आयुषसिंह ठकुरी पनि डेब्यू गर्न तम्तयार छन् ।

एक्सन जनारमा बनेको फिल्म ‘राम नाम सत्य’बाट उनको डेब्यू पक्का भएको छ । फिल्म यही चैतको अन्त्यतिर प्रदर्शनमा आउँदैछ ।

अर्की टिकटकर प्रिन्सी खडिवडा भने नायक अनमोल केसीको जोडी बनेर फिल्ममा डेब्यू गर्दै छिन् ।

उनी र अनमोल केसी शीर्ष भूमिकामा रहेको फिल्म ‘बाटुलो जुन’ छायाङ्कनको क्रममा छ । ०८३ सालको मध्यतिर यो फिल्म प्रदर्शनमा आउने चर्चा छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ७ : ४५ बजे

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी– मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा