बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त « Khabarhub

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

बालेनको सिंहदरबार यात्रा


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह नेपालको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (१) बमोजिम बालेनलाई बहुमतप्राप्त दलको संसदीय दलको नेताको हैसियतमा शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गरेका हुन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका शाह शुक्रबार प्रधानमन्त्री बनेका हुन् ।

झापा ५ मा बालेनले कुल ६८ हजार ३४८ मत प्राप्त गर्दै जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी ओलीले केवल १८ हजार ७३४ मत मात्रै प्राप्त गरे । एमालेको बलियो गढ मानिने र ओली आफैँ लामो समयदेखि अपराजित रहँदै आएको झापा–५ मा बालेनले ४९ हजार ६१४ मतको विशाल अन्तरले जित हासिल गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेसँगै उनलाई सो पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो । पार्टी सभापति रवि लामिछानेसँग भएको सातबुँदे सहमतिपश्चात् शाहले रास्वपाको तर्फबाट चुनावी अभियान चलाएका थिए ।

निर्वाचनमा रास्वपाले बहुमत प्राप्त गरेसँगै शाह संसदीय दलको नेता चयन भएका हुन् । बहुमत प्राप्त दलको नेताका हैसियतमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

सांगीतिक पृष्टभूमिका बालेन इन्जिनियर हुन् । ३२ वर्षकै उमेरमा काठमाडौँ महानगर प्रमुखको मेयर बनेका बालेन कार्यकाल बाँकी छँदै केन्द्रीय राजनीतिमा होमिएको तीन महिनामै देशको प्रधानमन्त्री बनेका हुन् ।

स्वतन्त्र उम्मेदवारका रूपमा लोकप्रियता कमाउँदै काठमाडौँ महानगरको मेयर बनेका बालेनका लागि प्रधानमन्त्री पद चुनौतीपूर्ण देखिएको छ ।

आजै दिउँसो १२ बजेर ३४ मिनेट जाँदा राष्ट्रपति कार्यालय शीतल निवासमा उनले पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथग्रहणलगत्तै उनले १५ देखि १८ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १० : ०९ बजे

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय