बालेनका विश्वास पात्र लमसाललाई भौतिक मन्त्रालय « Khabarhub

बालेनका विश्वास पात्र लमसाललाई भौतिक मन्त्रालय


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना विश्वासपात्र सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।

काठमाडौं महानगरपालिकाको मेयर हुँदा शाहको सचिवालयमा रहेर काम गरेका लम्साललाई पूर्वाधार र सहरी विकाससम्बन्धी जिम्मेवारी दिइन लागेको हो। यसअघि उनलाई गृहमन्त्री बनाउने चर्चा भए पनि अन्ततः सुदन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिँदै लम्साललाई भौतिक मन्त्रालयमा ल्याउने निर्णय गरिएको बताइएको छ।

३५ वर्षीय लम्साल पेशागत रूपमा दक्ष मानिन्छन्। उनले पूर्वाधार विकास, सहरी योजना तथा सुशासनका क्षेत्रमा काम गरेको अनुभव राख्छन्। महानगरको सचिवालयमा रहँदा पनि उनले पूर्वाधार र सहरी योजनासम्बन्धी काममा सक्रिय भूमिका खेलेका थिए।

सरकार गठनसँगै शाहले आफ्नो नजिकका सहयोगीलाई महत्वपूर्ण जिम्मेवारीमा ल्याउने रणनीति अनुसार लम्साललाई उक्त मन्त्रालयको जिम्मेवारी दिन लागिएको स्रोतले जनाएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १२ : ०८ बजे

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय