निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालबीच संवाद कार्यक्रम हुने « Khabarhub

निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालबीच संवाद कार्यक्रम हुने


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी र नेपाली चलचित्रका महानायक राजेश हमालबीच संवाद कार्यक्रम तय भएको छ ।

चैत १९ देखि २३ सम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अन्तरक्रियात्मक कार्यक्रम अन्तर्गत रहेर निर्देशक सिप्पी र महानायकबीच संवाद हुन लागेको अध्यक्ष केपी पाठकले जानकारी दिए ।

निफको दोस्रो दिन पर्यटन बोर्डमा दिउँसो ३ बजे यी दुईबीचको संवाद कार्यक्रम तय भएको आयोजकले बताएको छ । यी दुईको संवाद कार्यक्रमको शीर्षक ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ राखिएको छ ।

नेपाली र बलिउड चलचित्रको यात्रा, व्यक्तिगत अनुभव, चलचित्रको विगत, वर्तमान र भविष्यका विषयमा यी दुईले कुराकानी गर्ने तय भएको अध्यक्ष पाठकले बताए ।

उनले भने, ‘दुई लेजेन्डहरूको अनुभव, उनीहरूको भोगाइ र सिनेमाको भविष्यका विषयमा उहाँहरूले संवाद गर्ने तय भएको हो । निफमा लिजेन्ड निर्देशक सिप्पीको उपस्थितिले बलिउड उद्योग र नेपाली चलचित्र क्षेत्रको सम्बन्ध थप विस्तार हुने अपेक्षाले यो कार्यक्रम राखिएको हो ।’

निफको उद्घाटन कार्यक्रममा विशेष उपस्थिति रहने गरी निर्देशक सिप्पी चैत १८ गते काठमाडौं आउने तय भएको आयोजकले बताएको छ ।

रमेश सिप्पीले दर्जनभन्दा बढी बलिउड फिल्म निर्देशन गरेका छन् । बलिउडमा काशेढुंगाका रुपमा साबित भएको फिल्म ‘शोले’ उनकै निर्देशनमा बनेको हो ।

सिप्पली आफ्नो निर्देशनमा बनेका फिल्महरूमा शाहरुख खान, अमिताभ बच्चन, सञ्जय दत्त, ज्याक्की श्रफ, मिथुन चक्रवर्ती, ऋषि कपुर, दिलिप कपुर, शशी कपुर, धर्मेन्द्र र राजेश खन्नालगयातका बलिउड स्टारलाई अभिनय गराएका छन् ।

नेपाली फिल्मका महानायक हमाल बौद्धिक छविका कारण पनि लोकप्रिय छन् । उनले २०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । उनको नाम हटाउँदा नेपाली सिनेमा क्षेत्र अपुरो हुन्छ ।

नवौं संस्करणको निफ चैत १९ बाट काठमाडौं हुँदैछ । आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमहरू गरिनेछ । प्रतिस्पर्धामा सहभागी नभएका १० वटा चिनियाँ र रसियन फिल्महरू पनि निफमा देखाइनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : २७ बजे

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको