‘बेहुली’मा कुल ब्वाइ र दिव्याको जोडी « Khabarhub

‘बेहुली’मा कुल ब्वाइ र दिव्याको जोडी


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टिकटकबाट चर्चामा आएका पारस बम (कुल ब्वाइ) र नायिका दिव्या रायमाझीले फिल्म ‘बेहुली’मा अनस्क्रिन रोमान्स गर्ने भएका छन् ।

शुभमुहूर्त गर्दै बिहीबार यस फिल्म निर्माण र प्रदर्शन मिति घोषणा गरिएको हो ।

निर्माता अर्जुन पोखरेलका अनुसार यस फिल्मको छायाङ्कन यही साताबाट सुरु हुनेछ भने भदौ १२ लाई प्रदर्शन मिति घोषणा गरिएको छ ।

संगीतकार अर्जुन पोखरेल यही ‘बेहुली’बाट निर्माणमा डेब्यू गर्ने भएका हुन् ।

माधव शर्माको कथामा बन्ने यस फिल्मको निर्देशक सशान कँडेल हुन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘होस्टल ३’मा उनीहरू सोही जिम्मेवारीमा थिए ।

निर्देशक कँडेलले कुल ब्वाइलाई अर्को फिल्ममा पनि दोहोर्‍याएका हुन् । अर्थात्, फिल्ममा डेब्यू गराउने निर्देशकसँगै उनले दोस्रो फिल्म गरेका हुन् ।

नायक दिलिप रायमाझीकी छोरीसमेत रहेकी दिव्या र कुल ब्वाइले भने पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन् ।

फिल्ममा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : ०८ बजे

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको