पहिलो पटक संघीय सरकारमा ३३ प्रतिशत महिला « Khabarhub

पहिलो पटक संघीय सरकारमा ३३ प्रतिशत महिला


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पहिलोपटक ५ जना महिला सांसद मन्त्री बन्न सफल भएका छन ।

राज्यले ग्यारेन्टी गरे पनि अहिलेसम्म संघीय क्याबिनेटमा ३३ प्रतिशत महिला पुग्न पाएका थिएनन् । यससँगै प्रधानमन्त्री शाहको मन्त्रीपरिषद्ले संविधानअनुरुप ३३ प्रतिशत महिला सहभागितालाई पहिलोपटक सुनिश्चित गरेको हो ।

बालेन्द्रको क्याबिनेटमा समानुपातिक र प्रत्यक्ष दुवैतिरबाट महिलाले मन्त्री बन्न पाएका छन् ।

बालेनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोबिता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र कृषि मन्त्रीमा गीता चौधरी नियुक्त गरेका छन् ।

संविधानको धारा ३८ (४) मा उल्लेख गरिए अनुसार, ‘राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक सुनिश्चित गर्छ, जसअनुसार ३३ प्रतिशत महिला सहभागिता अनिवार्य मानिन्छ ।’

संविधानको धारा ८४ (२) मा प्रतिनिधि सभामा कम्तीमा एकतिहाइ अर्थात् ३३ प्रतिशत महिला सदस्य प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

यसका साथै, प्रदेश सभामा पनि धारा १७६ अनुसार ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरिएको छ। तर यसअघिको अभ्यासमा त्यो व्यवस्था कार्यान्वयन हुन सकेको थिएन।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १ : ५५ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को