अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : आर्थिक अवस्थाको समीक्षादेखि सुधार कार्यदल गठनसम्म « Khabarhub

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : आर्थिक अवस्थाको समीक्षादेखि सुधार कार्यदल गठनसम्म


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेसँगै विभिन्न कार्यदल गठन गर्ने निर्णय गरेका छन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर उनले पहिलो निर्णयस्वरूप देशको पछिल्लो आर्थिक अवस्था अध्ययन तथा विश्लेषण गर्न कार्यदल गठन गरेका हुन्।

उक्त कार्यदललाई यही चैत १३ गते शुक्रबारसम्मको आर्थिक अवस्थाको चित्र तयार पार्ने जिम्मेवारी दिइएको छ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी बाचापत्रमा उल्लेख गरेका विषयहरू कार्यान्वयन गर्न तथा फागुन २१ मा प्राप्त नयाँ जनादेशअनुसार स्पष्ट कार्ययोजना बनाउन अर्को कार्यदल पनि गठन गरिएको छ।

अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा विभिन्न कानुन संशोधन वा खारेज गर्ने विषयमा अध्ययन गर्न पनि कार्यदल बनाएका छन्। यसअन्तर्गत करिब १५ वटा पुराना ऐन खारेज गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

यसका अतिरिक्त, निजी क्षेत्रको सुरक्षाका लागि आवश्यक उपायहरूबारे अध्ययन गर्न तथा लगानीमैत्री वातावरण निर्माण गर्न अर्को कार्यदल गठन गरिएको छ।
ठूला आयोजनाहरूलाई तीव्रता दिन सहजीकरण गर्ने निर्णयसमेत गरिएको मन्त्रालयले जनाएको छ। अर्थमन्त्री वाग्लेले अबको प्राथमिकता बजेट निर्माणमा केन्द्रित हुने बताएका छन्।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : ०५ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०