ओलीले भने : सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई « Khabarhub

ओलीले भने : सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नियुक्त भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत् बालेन्द्रलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका हुन्।

‘नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु’, उनले भनेका छन्।

बालेन्द्र फागुन २१ को चुनावमा झापा क्षेत्र नम्बर ५ मा ओलीलाई ४९ हजार ६१४ मतले पराजित गर्दै प्रतिनिधिसभामा विजयी भएका थिए ।

शाहलाई रास्वपाले त्यसबेलै प्रधानमन्त्रीका रुपमा अघि सारेको थियो । ओली गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सत्ताबाट बाहिरिन बाध्य भएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : १४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म