भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन « Khabarhub

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका छन् । 

शुक्रबार मन्त्रचालयमा पदवहाली गरेपछि मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका हुन् । भ्रष्टाचार गरेको पुष्टि भए कसैलाई नछाड्ने उनको भनाइ छ ।

उनले आगामी पाँच वर्ष देशको पक्षमा गम्भीर भएर काम गर्ने भन्दै यसमा सबैको सहयोग आवश्यक रहने बताए । उनले आफू जनतालाई परिणाम दिनेगरी काम गर्न मन्त्रालयको नेतृत्वमा आएको भन्दै एकद्वार प्रणालीबाट शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिए । आफू बोलेर भन्दा पनि कामबाट नजिता देखाउने उनको भनाइ छ ।  

मन्त्री गुरुङले सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई नभएको समेत बताए ।  अहिलेको परिवर्तन जेन-जी युवाको बलिदानमा सम्भव भएको उल्लेख गर्दै उनले युवाहरूको मागलाई वर्तमान सरकारले सम्बोधन गर्ने धारणा राखे । 

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ३ : ५४ बजे

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार