काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लामो समयदेखि अल्झिएको संक्रमणकालीन न्यायको विषयलाई प्राथमिकतामा राख्ने बताएकी छिन् । शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीसँग बोल्दै उनले त्यसका लागि सरकारले समन्वयात्मक काम गर्ने बताएकी छन ।
‘संक्रमणकालीन न्यायको विषय तथा विगतमा अन्तिम चरणमा पुगेका कामहरू सरकार परिवर्तनका कारण रोकिएका थिए, अब ती विषयलाई टुङ्ग्याउनुपर्छ,’ उनले भनिन् ।
सरकारको मुख्य ध्यान नीतिगत सुधारमार्फत् दीर्घकालीन परिवर्तनमा केन्द्रित हुने उनको भनाइ छ । ‘कानून मन्त्रालयले प्रत्यक्ष रूपमा देखिनेभन्दा पनि नीतिगत सुधारमार्फत दीर्घकालीन प्रभाव पार्ने काम गछौँ । धेरै कानूनहरू संशोधन गर्नुपर्ने आवश्यकता छ भन्ने कुरा हामीले लामो समयदेखि सुन्दै आएका छौँ, अब ती सुधारलाई द्रूत त गतिमा अगाडि बढाउनेछौँ,’ उनले भनिन् ।
संसद् र सरकारबीच समन्वय गर्दै कानून निर्माण प्रक्रिया अझ पारदर्शी र पूर्वजानकारीसहित अघि बढ्ने गौतमले बताइन् ।
‘संसद् र सरकारबीच सन्तुलित सम्बन्ध आवश्यक रहेकोमा जोड दिँदै मन्त्री गौतमले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार काम गर्नेछु । संसद्ले सरकारलाई जबाफदेही बनाउनु पर्छ, सरकारले संसद्लाई कठपुतली जस्तो प्रयोग गर्नु हुँदैन,’ उनले थपिन् ।













प्रतिक्रिया