अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई « Khabarhub

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह बनेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शुक्रबार शपथ लिएसँगै उनलाई बधाई र शुभकामनाको ओइरो लागेको छ ।

०७८ सालबाट स्वतन्त्र उम्मेदवारका रुपमा राजनीतिमा प्रवेश गरेको चार वर्षमा नै उनी देशको प्रधानमन्त्री बने । पार्टीको राजनीति थालेको उनले दुई महिना मात्रै भयो ।

छोटो समयमै उनले प्रधानमन्त्रीको कुर्सीको यात्रा तय गरेका छन् ।

उनको राजनीतिक प्रगति जस्तै देशका सुशासन र विकासको गति रहेन विश्वास जनताको छ ।

कलाकारहरूले पनि यही विषयलाई केन्द्र भागमा राखेर बालेन्द्रलाई बधाइ तथा शुभकामना दिएका छन् ।

प्रायः राजनीतिक घटनाबारे मौन र सार्वजनिक अभिव्यक्ति दिन नरुचाउने नायक अनमोल केसीले पनि बालेन्द्रलाई बधाई र शुभकामना दिएका छन् ।

बोलेन्द्र प्रधानमन्त्री बन्दा खुसी लागेको बताउँदै अनमालले लेखेका छन्, ‘सम्पूर्ण नेपालीको आशा भरोसाका रुपमा अभूतपूर्व काम गर्नुहुन्छ भन्ने शुभेच्छा व्यक्त गर्दछु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत रहेकी नायिका रेखा थापाले सजग गराउँदै शुभकामना दिएकी छन् ।

नायिका रेखाले लेखेकी छन्, ‘लाखौं नेपाली जनताको विश्वास, भरोसा र आशाको प्रतिनिधित्व गर्दै मुलुक रुपान्तरणको अभिभार उठाउँदै गर्नुभएका सम्माननीय प्रधानमन्त्री बालेन शाह ज्यूलाई सफल र ऐतिहासिक कार्यकालको शुभकामना ।’

यस चुनावमा बालेन्द्रको कोर टिममा रहेकार रणनीति बनाउने निर्देशक तथा नायका निश्चल बस्नेतले बालेन्द्रकै गीतको लाइन लेखेर शुभकामना दिएका छन् ।

बधाई दिँदै निश्चलले लेखेका छन्, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु, नेपाली खुसीले बाँचेको हेर्न चाहन्छु ।’

लोक गायक बद्री पंगेनीले शुभकामनाका साथमा जनताको विश्वासलाई सम्मान गर्दै देशलाई समृद्ध, सुशासन र विकासको बाटोमाअघि बढाउन बालेन्द्रलाई स्मरण गराएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ६ : २३ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा