काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।
शुक्रबार शीतल निवासमा शपथ लिएपछि मन्त्री तिमिल्सिनाले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण पछि मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री तिमिल्सिनाले युवाहरूको भावना अनुसार मुलुकलाई अघि बढाउने जिम्मेवारी सबैको भएको बताए ।
उनले देशमा बस्न लायक बनाउन र नवयुवाहरू बिदेसिन नपर्ने गरी आशाको सञ्चार बनाउनुपर्ने धारणा राखे । आफूलाई गल्ती गर्ने छुट नभएको भन्दै उनले रूपान्तरणको आफ्नो अभियानमा साथ दिन आग्रह गरे ।
उनले मन्त्रालय मातहतका निकायको सुधारका लागि सबै कर्मचारीहरूको साथ लिएर अघि बढ्ने धारणा राखे ।

















प्रतिक्रिया