भूमिमन्त्रीको पहिलो निर्णय-समस्याग्रस्त सहकारीका विषयमा जानकार छु, समाधान गर्छु « Khabarhub

भूमिमन्त्रीको पहिलो निर्णय-समस्याग्रस्त सहकारीका विषयमा जानकार छु, समाधान गर्छु


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार ग्रहण गरेकी छन् । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि आजै मन्त्री रावलले सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन् ।

सामान्य प्रशासन मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै मन्त्री रावलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी छन् ।
      
मन्त्री रावलले जनताले प्रत्यक्ष महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आफू कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने भएकाले भूमिसम्बन्धी समस्यासँग परिचित रहेको उल्लेख गर्दै उनले सहकारी क्षेत्रका चुनौतीबारे पनि जानकार रहेको बताइन् ।
      
‘समस्याग्रस्त सहकारीका विषयमा पनि म जानकार छु’, मन्त्री रावलले भनिन्, ‘समस्या समाधानका लागि के गर्न सकिन्छ र कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा सबैसँग सहकार्य गरेर अगाडि बढ्छौँ । प्रत्यक्ष जनतासँग जोडिएका काम भएकाले जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ ।’
      
पदभार ग्रहणपछि मन्त्रालयका सचिव मदन भुजेलले समस्याग्रस्त सहकारी, बचत फिर्तासम्बन्धी जटिलता तथा सहकारी पीडितका नाममा बनेका विभिन्न दबाब समूहबारे मन्त्री रावललाई ‘ब्रिफिङ’ गरेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ५ : ०४ बजे

इरान स्कुल विस्फोटमा न्यायको माग

तेहरान- इरानको एक विद्यालयमा भएको घातक विस्फोटले युद्धका निर्दोष पीडितहरूको

सम्भावना र चुनौतीबीच सम्हालिएर अघि बढे सफल हुन्छ बालेन सरकार

काठमाडौं– शुक्रबार देशले नयाँ सरकार प्राप्त गरेको छ । राष्ट्रिय

विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन

म्याग्दी– विश्व शान्तिको कामना गर्दै आज बेनीस्थित कालीगण्डकी नदी किनारमा

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह