काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै रोजगारीको सिर्जना गरेर युवाहरूलाई विदेश पलायनबाट रोक्नुपर्ने बताएका छन् ।
शुक्रबार मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री साहले सीप सिकाएर नेपालमा नै रोजगारीको सिर्जना गर्ने तर्फ ध्यान केन्द्रित गर्ने बताएका हुन् । उनले सीप विना वैदेशिक रोजगारीमा जाने युवाहरूले समस्या भोग्नुपरेकाले युवाहरूलाई सीपमूलक तालिम दिइने बताए ।
जनतालाई पठाएर मात्रै नहुने भन्दै सीप महत्पूर्ण हुने उनको भनाइ छ । उनले यसअघिका मन्त्रीहरूले गरेका राम्रा कामलाई निरन्तरता दिने बताए ।
पदभार ग्रहण गर्दै मन्त्री साहले पाँच वर्षभित्र सबै युवाहरूलाई सीपयुक्त बनाउन एक महिनाभित्र योजना तयार गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।













प्रतिक्रिया