वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर « Khabarhub

वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ । त्यसका लागि  चावहिल, डिल्लीबजार र कलङ्की मालपोत कार्यालयसँग सहकार्य गरिने महानगरले जनाएको छ ।  

यसको लागि महानगरले नमूनाका रूपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सेवा सञ्चालन गर्ने जनाइएको छ । कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यसअघि चारकिल्ला सिफारिस, घरबाटो सिफारिस जस्ता सेवा दिँदै आएकामा अब वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्न लागिएको बताइन् । 

अब भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा कार्यक्रम वडाबाटै प्रदान गरिने उनले जानकारी दिइन् । 

‘नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनुपर्ने राजस्व, सेवाग्राहीको पहिचान सुनिश्चित गर्न वायोमेट्रिक विवरण सङ्कलन, बैंकमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रियामा सिफारिस र अभिलेख व्यवस्थापनको काम पनि अब वडाबाटै हुनेछ’, कार्यवाहक प्रमुख डङ्गोलले भनिन् ।   

महानगरको ४७औँ कार्यपालिका बैठकले नमूना कार्यक्रमका रूपमा १० वटा वडाबाट भू–प्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेको थियो । कार्यपालिकाको निर्णय कार्यान्वयन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महानगरको संयुक्त आयोजनामा गएको फागुन ११ गतेदेखि तीनदिने तालिमसमेत सञ्चालन गरिसकेको छ । 
 
तालिममा जग्गा प्रशासनका प्राविधिक शब्दावली र अभिलेख प्रणाली, लिखत पारित, नामसारी प्रक्रियामा स्थानीय तहबाट हुने सही र सनाखत, न्यूनतम मूल्याङ्कन, रजिष्ट्रेसन शुल्क, रोक्का दस्तुर एकीन गर्ने तथा गणना गर्ने विधि, सार्वजनिक सम्पत्ति व्यवस्थापन (पाम) प्रणालीमा नामसारी तथा लिखत निवेदन तयार पार्ने, जग्गाधनी प्रमाण पूर्जा जारी गर्नेलगायत काम र प्रक्रिया जस्ता विषयमा जानकारी दिइएको थियो । 

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ५ : ३७ बजे

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई

महेश बस्नेत भन्छन् : आयोगको प्रतिवेदनका नाममा धरपकड गरिए देश द्वन्द्वतर्फ धकेलिन्छ

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की आयोग कार्यान्वयन

डीपीलाई सभामुख र कवीन्द्रलाई प्रमुख सचेतक बनाउँदै रास्वपा

काठमाडौं- बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन गरेको राष्ट्रिय

एसईईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने