काठमाडौँ – आज २०८२ साल चैत १४ गते शनिबार चैत शुक्ल पक्षको दशमी तिथि। विश्व नेवा: दिवस। तदनुसार सन् २०२५ मार्च २८ तारिख।नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:
मेष : खर्च बढ्नेछ।साथीबाट असहयोग हुनेछ। साना कुराले मन अशान्त हुने जेखिम छ। परिवारसँगको सम्बन्धमा सुधारका संकेत देखिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
वृष : साना कुराले मन अशान्त बन्नेछ। मन अशान्त बने पनि बोल्दा सोच्नुपर्ने दिन छ। बिहानै धार्मिक कार्यमा सहभागी भएर सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।
मिथुन : दिन राम्रो छ। आज मानसम्मान प्राप्त हुनेछ। शिक्षाको लगानीबाट नाफा हुनेछ। आफन्तले भन्दा परका साथीले प्रशंसा गर्नेछन्।परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।
कर्कट : आज परिवारको साथमा रमाइलो गर्ने दिन छ। आफन्तसँगको भेटले मनमा शान्ति मिल्नेछ। मिष्ठान्न भोजन हुनेछ।राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। आज दीर्घकालिन योजना बन्न सक्छ।
सिंह : स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। आफन्तसँग असन्तुष्टि बढ्नेछ। अपेक्षा गरेका साथीले नै असहयोग गर्दा मन अशान्त बन्नसक्छ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ।
कन्या : दिन राम्रो छ।देशमा रोजगारीका विकल्प फेला पर्नेछन्।व्यापारका क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।धार्मिक व्यक्तिसँगको भेटले मनका शंका निवारण हुनेछन्।प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
तुला : पढाइमा जाँगर बढ्नेछ।श्रमको उचित मूल्य प्राप्त गर्दा मन खुशी हुनेछ।प्रतिस्पर्धामा अब्बल बन्ने दिन छ।प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक : दिन सामान्य राम्रो छ।व्यवहारिक बोझले केही समस्या देखिनेछन्।ठुलो योजना नबनाउनु उचित हुनेछ।प्राविधिक र निजी शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।परिवारसँगको सम्बन्ध सहज बन्नेछ।
धनु : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।एकल निर्णयमा भन्दा संयुक्त निर्णय लिएर अगाडि बढ्दा फाइदा हुनेछ।विपक्षीसँग थोरै बोलेर काम गर्दा फाइदा हुनेछ।पारिवारिक सम्बन्धमा खटपटी आउनेछ।
मकर : दिन राम्रो छ।लगानीका क्षेत्रमा फाइदा हुनेछ।मनमा उत्साह बढ्नेछ।शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।बोलीभन्दा काम बढी गरेर अगाडि बढ्दा लगानी प्राप्त हुनेछ।
कुम्भ : सञ्चित धन खर्च हुनेछ।आज रोजगारीको क्षेत्रमा बढुवा हुनेछ।साथीको साथ मिल्नेछ।धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फलदायी हुनेछ।
मीन : दिन राम्रो छ। ठुला व्यक्तिसँग भेट हुनसक्छ।विपक्षी साथी शान्त भएकाले सोचेको काम बन्नेछ।योजना अनुसार अगाडि बढेमा फाइदा हुनेछ।व्यापारमा नाफा हुनेछ।विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।साथीको साथ मिल्नेछ।













प्रतिक्रिया