सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन « Khabarhub

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै सुरक्षाकर्मीलाई हाइअलर्टमा बस्न गृहप्रशासनले निर्देशन दिएको छ ।

गृहमन्त्रालयको निर्देशन बमोजिम प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई हाइअर्लटमा बस्न निर्देशन दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को पहिलो बैठकले प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । आयोगको निर्णय अनुसार राजनीतिक व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने र सुरक्षाकर्मीको हकमा भने छुट्टै समिति बनाएर अनुसन्धान गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

गृहमन्त्री सुधन गुरुङले पदवहालीपछि कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने बताएका थिए ।

आयोगले सिफारिस गरेका सबैलाई कारबाही हुने उनको भनाइ थियो । ‘जेनजी जनादेश अनुसार सरकार अघि बढ्छ । आयोगको सिफारिस अनुसार सबैलाई कारबाही हुन्छ । काम गर्न आएको हो काम गर्ने हो,’ उनले भनेका थिए ।

नेपाल प्रहरीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय गरेसँगै कांग्रेस–एमाले विरोधमा उत्रिन सक्ने भएकोले तयारी अवस्थामा रहन नेपाल प्रहरीले सबैलाई तयारी अवस्थामा बस्न भनेको छ ।

त्यस्तै शनिबार बिहान ७ बजेभित्र प्रहरी प्रधान कार्यालयमा कार्यारत अधिकारीहरूलाई फिल्ड चुस्ता पोशाकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १० : ३१ बजे

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

काठमाडौँ– भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा– बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने