सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन « Khabarhub

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै सुरक्षाकर्मीलाई हाइअलर्टमा बस्न गृहप्रशासनले निर्देशन दिएको छ ।

गृहमन्त्रालयको निर्देशन बमोजिम प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई हाइअर्लटमा बस्न निर्देशन दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को पहिलो बैठकले प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । आयोगको निर्णय अनुसार राजनीतिक व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने र सुरक्षाकर्मीको हकमा भने छुट्टै समिति बनाएर अनुसन्धान गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

गृहमन्त्री सुधन गुरुङले पदवहालीपछि कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने बताएका थिए ।

आयोगले सिफारिस गरेका सबैलाई कारबाही हुने उनको भनाइ थियो । ‘जेनजी जनादेश अनुसार सरकार अघि बढ्छ । आयोगको सिफारिस अनुसार सबैलाई कारबाही हुन्छ । काम गर्न आएको हो काम गर्ने हो,’ उनले भनेका थिए ।

नेपाल प्रहरीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय गरेसँगै कांग्रेस–एमाले विरोधमा उत्रिन सक्ने भएकोले तयारी अवस्थामा रहन नेपाल प्रहरीले सबैलाई तयारी अवस्थामा बस्न भनेको छ ।

त्यस्तै शनिबार बिहान ७ बजेभित्र प्रहरी प्रधान कार्यालयमा कार्यारत अधिकारीहरूलाई फिल्ड चुस्ता पोशाकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १० : ३१ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक