विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई « Khabarhub

विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज यूएई र ओमान भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा आज ओमान र यूएई भिड्न लागेका हुन् । यो खेल बिहान ९ः३० बजे सुरु हुँदैछ ।

एक दिवसीय विश्वकप छनोटका दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिएको यो लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । शनिबार भएको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको हो।

पहिलो खेलमा टस हारेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै २०० रन बनाएको नेपालले घरेलु मैदानको फाइदा उठाउँदै ३७ रनको जित निकालेको हो । त्रिवि मैदानमा यूएई र ओमान यो शृङ्खलामा पहिलो प्रतिस्पर्धा गर्दैछन् । ओमानले टस जितेर सुरुमा फिल्ड रोज्ने निर्णय गरेसँगै यूएईले सुरुमा ब्याटिङ गर्दैछ ।

त्रिविमा हुने तेस्रो खेलमा नेपाल र ओमान वैशाख १६ गते बुधबार प्रतिस्पर्धा गर्दैछन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा हुने खेलको टिकट खल्ती एपमार्फत् किन्न सकिने क्यानले जनाएको छ ।

लिग–२ को अन्तिम स्थानमा रहेको यूएईले २१ खेल खेल्दा १० अंक जोडेको छ । बलियो अवस्थामा रहेको ओमान भने २४ खेल खेल्दा २९ अंकसहित तेस्रो स्थानमा छ।

विश्वकप लिग–२ मा नेपालले २१ खेल खेल्दा ६ खेलमा जित निकाल्दै १४ अङ्क बनाएको छ । तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ९ : २३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका